सोमवार, मंसिर २०, २०७८
  • होमपेज
  • शिक्षा
  • रोजगारी खाेस्न पाइदैन भन्दै अनशनको तयारीमा रहेका अस्थायी १५ जना शिक्षक पक्राउ

रोजगारी खाेस्न पाइदैन भन्दै अनशनको तयारीमा रहेका अस्थायी १५ जना शिक्षक पक्राउ

  • बिहिबार, चैत्र २१, २०७५
रोजगारी खाेस्न पाइदैन भन्दै अनशनको तयारीमा रहेका अस्थायी १५ जना शिक्षक पक्राउ

काठमाडौँ । माइतीघर मण्डलामा अनशनको तयारी गरेका आन्तरिक परीक्षामा छुट भएका अस्थायी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्षेत्र निषेधित भएकाले प्रहरीले अनशनको तयारीमा रहेका करीब १५ शिक्षकलाई नियन्त्रण गरेको हो । शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा छुट भएका २०७२ असोज २ पछि नियुक्त भएका अस्थायी शिक्षकले आफ्नो रोजगारी गुम्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् । अस्थायी शिक्षक सङ्घर्ष समितिका प्रदेश नं ३ का संयोजक बहादुरसिंह लामाले शान्तिपूर्ण आन्दोलनमा रहेका साथीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले छुट अस्थायी शिक्षकलाई प्रतिस्पर्धामा लिने वातावरणका लागि नयाँ बन्ने सङ्घीय शिक्षा ऐनमा प्रबन्ध हुन आफूहरु सरकारसँग संवादमा रहेकाले बेग्लै आन्दोलन गरिरहनु नपर्ने बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार