शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • डिभोर्सको समाचार छाप्ने मिडियालाई प्रियंकाले मुद्दा हाल्ने

डिभोर्सको समाचार छाप्ने मिडियालाई प्रियंकाले मुद्दा हाल्ने

  • बिहिबार, चैत्र २१, २०७५
डिभोर्सको समाचार छाप्ने मिडियालाई प्रियंकाले मुद्दा हाल्ने

केही दिन अगाडि मात्र बलिउड नायिका प्रियंका चोपडा र उनका श्रीमान निक जोनसबीच डिभोर्सको तयारी भइरहेको समाचार निकै भाइरल भयो । बिबाहको दुई महिना पूरा भएलगतै उनीहरु बिचको डिभोर्सको कुराले निकै चर्चा पायो । एक अमेरिकी म्यागजिनले उक्त कुरालाई दावी गर्दै समाचार प्रकाशित गरेको थियो ।

उक्त समचारमा प्रियंकाको किचकिचे बानी र बच्चा जस्तो स्वभावका कारण दिक्क भएर निकले डिभोर्स दिन लागेको उल्लेख गरिएको थियो । निकको परिवारबाट पनि डिभोर्सको लागि निकै दवाव दिइरहेको लेखिएको थियो ।

तर, नायिका प्रियंका चोपडाले उक्त कुरा गलत भएको बताएकी छिन् । उक्त कुरा आफ्नो जीवनमा नराम्रो असर गरेको भन्दै समचार छाप्ने म्यागेजिनविरूद्ध मानहानीको मुद्धा हाल्ने प्रियंकाले बताइन् । प्रियंका निकट स्रोतका अनुसार उनी मुद्धा हाल्ने तयारी गरिरहेकी छिन् ।

उक्त समचार सार्वजनिक भएपछि प्रियंकाले आफ्नो र निकको वैवाहिक जीवन खुशीसाथ चलिरहेको समेत बताएकी छिन् । प्रियंका र निकको डिभोर्सको खबर सार्वजनिक भएपछि यसले विश्वव्यापी रुपमा चर्चा पाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार