बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • वडा नं. ८ मा जनप्रतिनिधिको डोजर प्रहरी नियन्त्रणमा

वडा नं. ८ मा जनप्रतिनिधिको डोजर प्रहरी नियन्त्रणमा

  • बुधबार, चैत्र २०, २०७५
वडा नं. ८ मा जनप्रतिनिधिको डोजर प्रहरी नियन्त्रणमा

धादिङ – धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ८ मा जनप्रतिनिधिको लगानी रहेको जेसिवि लोडरले सार्वजनिक जग्गामा ढुङ्गा उत्खनन् गरेको भन्दै विरोध आए पछि लोडर र चालक प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो दिउसो सार्वजनिक जग्गाबाट ढुङ्गा उत्खनन् गरी रहेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोक जिल्ला विषंखुपाखा गाउँपालिका वडा नं. ४ का सुगम श्रष्ेठलाई नियन्त्रण्मा लिएको हो । ओमानन्द खरेलले अर्चदै आएको सो खरिया भिरबाट ओमानन्दको अनुमति वेगर खानी संचालन गरिदै आएको थियो ।

सो खानीबाट निकालिएको ढुङ्गा ग्रावेल सार्वजनिक वाटोको नाम व्यक्तिलाई विक्री गरिदै आएको थियो । गणेश मार्ग उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र कार्की र धुनिवेशी नगरपालका अध्यक्ष रामकृष्ण रेग्मीको मिलेमतोमा ढुङ्गा ग्रावेल विक्री हदै आएको छ । ढुङ्गा विक्री हुदै आएको थाहा पाए पछि तिन टिप ढुङ्गा जग्गा अर्चदै आएका ओमानन्द खरेलले गणेशमार्गमा ढुङ्गा जफद गरी झारेका थिए । सो खानीबाट निक्लेको ग्रावेल त्रिभुवन राजपथको होटलहरुमा समेत ग्रावेल विक्री हुदै आएको छ ।

अध्यक्ष रामकृष्ण रेग्मीले वडामा रहेको बाटामा आफ्नै लोडर मार्फद वाटो वनाउने काम समेत गरेका छन् । जवकी जनप्रनिनिधिको लगानी रहेको लोडर स्काईभेक्टर आफ्नो स्थानिय स्थरमा प्रगोग गर्न नपाईने भनिए पनि अध्यक्ष रग्मीले पावर र शक्तिको आडमा संचालन गर्दै अएका छन् । जग्गा अर्चदै आएको ओमानन्द खरेलले ईलाका प्रहरी कार्यालय खानिखोलामा उजुरी दर्ता गराएका थिए । उजुरी दर्ता गरे पछि ईलाका प्रहरी खानिखोलाले धुनिवेशी नगरपालिका कार्यालय खानिखोलामा लोडर चालक सुगम श्रेष्ठ र लोडर चावि वुझाएको ईलाका प्रहरी कार्यालय खानिखोलाले वताएको छ । सार्वजनिक जमिनमा लोडर स्काईभेक्टर प्रयोग गरी खानि संचालन गरे जिल्ला समवन्वय समितिले प्रकृति हेरी दण्ड जरिवाना गर्ने व्यवस्था रहेको छ । दाउन्ने बेशी अनलाइनबाट

चर्चामा

सम्बन्धित समाचार