बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • दुर्गमका महिला ब्यवसायिक तरकारी खेतिमा

दुर्गमका महिला ब्यवसायिक तरकारी खेतिमा

  • बुधबार, चैत्र २०, २०७५
दुर्गमका महिला ब्यवसायिक तरकारी खेतिमा

पदम सिंह
बाजुरा २० चैत्र
हिमाली गाँउपालिका ४ फैतीकि २६ बर्षकी जन्देवी मल्लका १५ जना परिवार पाल्नका लागि केही बर्ष पहिला सम्म निकै धौ, धौ हुने गरेको थियो । अन्नवाली बाट दुई महिनाको लागि खाद्यन्न पनि आउदैन थियो । डेढ बर्ष यता उनि ब्यवसाहिक तरकारी खेतिमा लागेपछि उनलाई परिवार पाल्न र छोरी छोरीलाई पढाउनमा निकै सजिलो भएको छ ।
जन्देवी तरकारी खेती सँगै एक नमुना कृषकका रुपमा चिनिन थालेकी छन् । उनले आफ्नै खेतवारीमा तरकारी खेति गरदै आएकि छन्, शुरुमा आफैलाई खानका लागि शुरु गरेकी जन्देवी अहिले गाँउमै नमुना कृषकका रुपमा स्थापित भएकि छन् । उनि मौसमि र बेमौसमि दुबै तरकारी खेति गदै आएकि छन् । उनले काउली, टामाटर, भिन्डी, फर्सी, बन्दा गोपि, रायो, खुर्सानी, लौका करेला लगायतका तरकारी फलाएर स्थानिय बजारमा बिक्रि गर्ने गरेको वताएकि छन् । उनलाई पहिला खाद्यन्नको जोहो गर्ने निकै चिन्ता हुन्थ्यो, त्यो अहिले केही सहज भएको वताईन् ।
उनि जस्तै फैतीकि जानुका बिकले पनि अन्नवाली बाट परिवार पाल्न समस्या भएपछि पछिल्लो एक बर्ष देखि ब्यबसायिक तरकारी खेतिमा लागेकी छन् । खेती बाट उब्जनी कम हुने भएकाले परिवार पाल्न समस्या हुने र अन्य रोजगारीको कुनै अवसर नभएपछि परिवार पाल्न जानुका पनि अहिले तरकारी खेतीमा लागेकी छन् ।
खाद्य संकट र अन्य आयआर्जन नभएपछि पछिल्लो समयमा दुर्गमका महिला ब्यवसायिक तरकारी खेतिमा लागेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए । पुरुष प्राय भारततिर हुन्छन्, गाँउमा महिला हुने गरेका छन्, पहिला खासै तरकारी खेतिमा लाग्दैन् थिए, पछिल्लो समयमा महिलाहरु यो खेतिमा लागेको पिसवीन बाजुराका कार्यक्रम अधिकृत गोबिन्द थापाले वताए ।
सामान्य कुखुराको चल्ला बेच्न देखी घरको अन्य सामान्य काममा पुरुष मान्छेको सल्लाह विना काम नगर्ने बाजुराका ग्रामीण क्षेत्रका महिला पछिल्लो पटक व्यवसायमा अम्बल बन्न थालेका अध्यक्ष गोविन्द मल्लले बताएका छन् । तरकारी खेती सँगै गाँउमा महिला समूह बनाएर कृर्षिमा ब्यबसाहिकता बनाउने काम, जाँड रक्सी नियन्त्रण देखी विकास निर्माणमा महिलाको उल्यख्य सहभागीता देखीएको मल्लले बताए ।
हिमाली गाउपालिका र बुढिन्नदा नगरपालिकामा डब्लु एच एच र पिसवीन बाजुरा मार्फत सम्पूर्ण परियोजनाले किसनालाई ब्यबसायिकता बनाउनका लागि बिभिन्न गतिबिधि गर्दै आएको छ । वडाहरुमा महिला समुह गठन गरेर कृर्षिमा आधुनिकीकरण गर्न प्राविधिक सहयोग गर्दै तरकारी खेतिमा आत्म निर्भर बनाउदै आएको छ ।
हिमाली गाँउपालिका ४ फैती गाँउमा मात्र तीन ओटा महिला समूह आधुनिक तरकारी खेति गर्न लागेका छन् । सम्पूर्ण परियोजनाले प्राविधिक सहयोग देखी विउबिजन, टनेल, तालिम दिएर राम्रो तरकारी त फलाउन सकियो, तर बजार अभाब रहेको कृषक दान बहादुर मल्लले बताए । उत्पादन भएको धुलाचौर बजारमा लिएर बिक्रि गर्ने गरेको छौ, खासै बजार नपाएको उनले वताए । कृषकलाई तकारी फलाउन प्रेरित गराउनका लागि गाँउमा बिभिन्न गतिबिधि भइरहेको सम्पूर्ण परियोजनाका कृर्षि प्राबिधिक नरेश सिंहले वताए । पहिला खानका लागी खमेत तरकारी हुदैन थियो । सम्पूर्ण परियोजना लागु भएपछि समूह बनाएर तालिम दिएर प्राविधिक सहयोग गरेपछि तरकारी त फलाए तर बजार अभाव रहेको सिंहले बताए ।
खाद्य संकट क्षेत्रमा महिलालाई तरकारी खेतिमा आर्कषित गर्नका लागि बिभिन्न गतिबिधि भइरहेका छन् । पानि ब्यबस्थापन, आर्गनिक खेति, तरकारीमा लाग्ने रोग ब्यबस्थापन सम्बन्धि बिभिन्न तालिम दिएर महिलालाई तरकारी खेति तिर आर्कर्षित गर्न लागेको कृषि प्राबिधिक नरेश सिंहले वताए । गाँउमा कृषक पाठशाला र उनिहरुलाइ तरकारी खेति गर्न अनुदान दिने भएपछि पछिल्लो समय महिलानै तरकारी खेतिमा लागेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार