शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका “दुखका जिन्दगी” विशेष ३ अाेटा मुक्तक

कलक राेकाया सानुका “दुखका जिन्दगी” विशेष ३ अाेटा मुक्तक

  • मङ्लबार, चैत्र १९, २०७५
कलक राेकाया सानुका “दुखका जिन्दगी” विशेष ३ अाेटा मुक्तक

१. जे गर्दा नि भएन जिन्दगी दाउमा राखियो ,
एक्लो थिए मन मुटु सबै घाउमा राखियो ।
बिफल भएपछि भुल्ने प्रयास गरिबस्दा,
बन्दकी यो जिन्दगी उस्कै नाउँमा राखियो ।
२. सँगै हुन त एक अर्काको चाहाना हुनुपर्छ,
जिन्दगी गुजार्ने एउटा बाहाना हुनुपर्छ ।
नजिक हुने मनको दुरी झन झन टाढा हुन्छ,
त्यसैले त भावीले लेखेको चिहाना हुनुपर्छ
३. आऊ तिमी मेरो मुटु दुखेको हेर्ने भए,
छातीभित्र थुप्रै चोट लुकेको हेर्ने भए ।
दुखि जिवन चोटै चोट जिउदाको पीडा,
परेलीका आँशु सधै सुकेको हेर्ने भए ।

नाम: कलक राेकाया सान
ठेगाना: गाैमुल गाउ पालिका ०६ सालिकाेट बाजुरा
[email protected]

चर्चामा

सम्बन्धित समाचार