बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • खेलकुद
  • पञ्जाबविरुद्ध सन्दीप : चार ओभरमा २७ रन खर्चेर लिए २ विकेट

पञ्जाबविरुद्ध सन्दीप : चार ओभरमा २७ रन खर्चेर लिए २ विकेट

  • सोमवार, चैत्र १८, २०७५
पञ्जाबविरुद्ध सन्दीप : चार ओभरमा २७ रन खर्चेर लिए २ विकेट

दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानले आईपीएल क्रिकेटमा किंग्स इलाभेन पञ्जाबविरुद्ध २ विकेट लिएका छन् ।

चार ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चिएर महत्वपूर्ण दुई विकेट लिए । उनले साम कुर्रन र सर्फराज खानको महत्वपूर्ण विकेट दिलाए ।

सन्दीपले व्यक्तिगत पहिलो स्पेल दिएर टिमको चौथो ओभरमा बलिङ गरेका थिए । पहिलो बलमा एक रन दिएका सन्दीपले दोस्रो बल डट राखे । तेस्रो बलमा २ रन खर्चिएका सन्दीपले चौथो बलमा भने छक्का खाएका थिए । पाँचौ बलमा  कुर्रनलाई एलबीडब्ल्यू आउट गरे । कुर्रन १० बलमा २० रन बनाएर आउट भए । सन्दीपले पहिलो ओभरमा १० रन खर्चिएर समग्रमा एक विकेट लिए ।

सन्दीपले व्यक्तिगत दोस्रो ओभर लिएर टिमको सातौँ ओभरमा आएका थिए । सुरुका दुई बलमा मायंक अग्रवालले रन लिन सकेनन् । तेस्रो बलमा एक रन लिँदै अग्रवाल ननस्ट्राइक इनमा गएपछि क्रिजमा आएका सर्फराज खानले चौथो बलमा एक रन लिए । पाँचौं र छैटौं बलमा सन्दीपले एक-एक रन खर्चिए । व्यक्तिगत दोस्रो ओभरमा सन्दीपले चार रन दिएका थिए ।

तेस्रो स्पेल लिएर सन्दीपले १२ औं ओभरमा बलिङ गरेका थिए । उक्त ओभरमा उनले ९ रन खर्च गरे । अन्तिम बलमा डेभिड मिलरले छक्का प्रहार गरे पछि समग्रमा तीन ओभरमा २३ रन खर्चिए ।

पहिलो ओभरमा एक विकेट लिएका सन्दीपले दोस्रो र तेस्रो ओभरमा भने विकेट लिन सकेनन् ।

सन्दीपले १४ औं ओभरमा आफ्नाे अन्तिम ओभर बलिङ गरेका थिए । जसमा उनले पाँचौं बलमा सर्फराज खानको विकेट लिएका थिए । पाँचौ बलमा सन्दीपले सर्फराज खानलाई ऋषभ पन्तको हातबाट क्याच आउट गराएका थिए ।

चर्चामा

सम्बन्धित समाचार