बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • खेलकुद
  • पन्जाबविरुद्ध दिल्लीले पहिला बलिङ गर्दै, सन्दीप टोलीमा

पन्जाबविरुद्ध दिल्लीले पहिला बलिङ गर्दै, सन्दीप टोलीमा

  • सोमवार, चैत्र १८, २०७५
पन्जाबविरुद्ध दिल्लीले पहिला बलिङ गर्दै, सन्दीप टोलीमा

काठमाडौं- इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेट अन्तर्गत केहीबेरमा सुरु हुने खेलमा नेपालका युवा स्पीनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले विश्वकै सबैभन्दा विस्फोटक ब्याट्सम्यान क्रिस गेल आबद्ध किङ्स इलेभेन पन्जाबविरुद्ध खेल्दै छ। सन्दीप लामिछाने यस खेलमा दिल्लीको टोलीमा छन्। दिल्लीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

यो खेल पन्जाबको मैदान मोहालीमा नेपाली समयअनुसार सवा ८ बजे सुरु हुने छ। प्रतियोगितामा आफ्ना दुई खेलपछि दिल्लीले पछिल्लो खेलमा सन्दीपलाई अवसर दिएको थियो। त्यस खेलमा सन्दीपले चार ओभरमा २९ रन खर्चिएर एक विकेट हात पारेका थिए। पावर प्लेका दुई ओभरमा केवल सात रन खर्चिएर एक विकेट हात पारेका सन्दीपले अन्तिम ओभरमा १७ रन ब्यहोरेका थिए। अघिल्लो खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सविरुद्ध दोस्रो ओभरमै बलिङमा ल्याएको थियो।

चर्चामा

सम्बन्धित समाचार