बुधबार, मंसिर २२, २०७८
  • होमपेज
  • शिक्षा
  • प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म हुने

प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म हुने

  • सोमवार, चैत्र १८, २०७५
प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म हुने

काठमाडौँ, १८ चैत्र — रद्द र स्थगित गरिएको प्रदेश २ को माध्यामिक शिक्षा परीक्षा (एसईई) चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ ।

बोर्डको आज बिहान बसको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए त्यसको व्यवस्थापन मिलाउन बोर्ड बैठकले जिल्ला परीक्षा समन्वय समितिलाई आग्रह गरेको छ ।

बोर्डले २२ गते विज्ञान, २३ गते सामाजिक विषयको परीक्षा लिइने जनाएको छ ।

यी दुवै विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो । यसैगरी चैत २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार