• होमपेज
  • अर्थ/वाणिज्य
  • १६ वटा परियोजनामा सहमति, यस्ता छन् परियोजना र लगानीकर्ता बिचका सहमती

१६ वटा परियोजनामा सहमति, यस्ता छन् परियोजना र लगानीकर्ता बिचका सहमती

  • सोमवार, चैत्र १८, २०७५
१६ वटा परियोजनामा सहमति, यस्ता छन् परियोजना र लगानीकर्ता बिचका सहमती

अन्तराष्ट्रिय लगानी सम्मेलनमा सरकारले सोचेभन्दा बढि परियोजनामा पारम्भिक सम्झौता भएको छ । सरकारले सम्मेलनपूर्व १२ वटामा सहमति हुने बताएपनि सम्मेलनको अन्तिम दिन १६ वटा परियोजनामा प्रारम्भिक सहमति भएको हो । १६ वटा परियोजनामध्ये एउटामा हस्ताक्षर हुन बाँकी छ भने १५ वटामा हस्ताक्षर भएको छ ।

यस्ता छन १५ परियोजना

युएईको सर्राफ ग्रुप होटलले चौधरी ग्रुपसँग साझेदारी गर्ने भएको छ । यस्तै चौधरी ग्रुप र ट्रकसेल कम्पनीबीच मोबाइल सेवामा लगानी गर्ने सहमति भएको छ । सोलार परियोजनाका लागि प्रदेश २ र चौधरी ग्रुपबीच समझदारी जुटेको छ । यस्तै एक कोरियन कम्पनीले ६ सय १५ मिलियन अमेरिकी डलरमा २ सय ६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।

सतलज ग्रुप तथा नबिल बैंक, एभरेष्ट बैंक र भारतको स्टेट बैंकबीच ९ सय मेगावाटको अरुण तेस्रो बनाउने सम्झौता भएको छ । नेपालको हाइड्रो सलुसन र चीनको युनान्स हाइड्रोबीच १ सय ६४ मेगावाटको कालिगण्डकी गर्ज बनाउने प्रारम्भिक सम्झौता भएको छ । यस्तै अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी र विशेष आर्थिक क्षेत्र प्राधिकरण सेजबीच सिमरा सेज पीपीपी मोडलमा बनाउने समझदारी जुटेको छ ।

सिन्सियर कन्सल्टेन्सी र हिमालयन बुटिक रिसोर्ट बनेपाबीच साझेदारी हुने भएको छ । यस्तै गैरआवासीय नेपाली एनारएनए ले जुनसुकै परियोजनामा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ बराबरको कोष बनाउने भएको छ ।

नेपालको एक कम्पनी र भारतको नेश्नल कोल्याट्रलबीच ग्रीन वेयरहाउस बनाउन सम्झौता भएको छ । पूर्वाधार विकासमा साझेदारी गर्न नेपाल निर्माण व्यवसायी र म्यानमारको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कोअपरेशनबीच सम्झौता भएको छ ।

युनाइटेड फाइनान्स र भारतको मुटहूट ग्रुपबीच ४० करोड रुपैयाँ बराबरको लगानी सम्झौता भएको छ । लगानी बोर्ड नेपाल र लगानी बोर्ड अफ्रिकाबीच लगानी जुटाउन समझदारी जुटेको छ । अपी पावर नेपाल र युकेको कोर्डिनग्रुपबीच पनि १८ मेगावाटको सोलार, ढेड मेगावाटको हाइड्रोपावर र १० मेगावाटको हावाको बिजुलीका लागि सम्झौता भएको छ । लगानी सम्मेलनमा डोल्मा हिमालयज इनर्जी ग्रीन फन्डमा ५० मिलियन अमेरिकी डलर जम्मा गर्ने सम्झौता पनि भएको छ । यो सम्झौतामा हस्ताक्षर भने हुन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार