• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • स्वास्थ्य संस्था सूचिकृत हुन श्रम मन्त्रालयको आह्वान

स्वास्थ्य संस्था सूचिकृत हुन श्रम मन्त्रालयको आह्वान

  • आइतवार, चैत्र १७, २०७५
स्वास्थ्य संस्था सूचिकृत हुन श्रम मन्त्रालयको आह्वान

काठमाडौं – वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थालाई सूचिकृत हुन् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आह्वान गरेको छ।

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थालाई निवेदन दिन आग्रह गरेको छ।

मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक सबै संस्था सूचिकृत होउन भनेर सूचना जारी गरिएको बताए। नागरिक सँग कुरा गर्दै घिमिरेले भने-“२०६९ सालमा २ सय २६ स्वास्थ्य संस्था सूचिकृत भएका रहेछन् र तिनैले मात्र स्वास्थ्य परीक्षण गर्दै आएका थिए। अब भने नयाँ स्वास्थ्य संस्थाले पनि सूचिकृत हुन् निवेदन दिन पाउने छन्। मापदण्ड पुगेका नयाँ संस्था पनि सूचिकृत हुन् सक्छन्, मापदण्ड नपुगेका तर वर्षौदेखि संचालनमा रहेका संस्था बन्द हुन्छन्।”

“वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ ‘क’ तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ३ बमोजिम मन्त्रालयमा सूचीकरण हुन चाहने स्वास्थ्य संस्थाहरुलाई १० दिन भित्र तोकिएको कागजातसहित निवेदन दिन सूचना जारी गरिएको छ” मन्त्रालयले प्रकाशन गरेको सूचनामा भनिएको छ।

चर्चामा

सम्बन्धित समाचार