• होमपेज
  • राजनीति
  • नेविसंघले गर्‍यो काठमाडौंका तीन कलेजमा तोडफोड, १५ जना पक्राउ, अवस्था अहिले यस्तो छ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

नेविसंघले गर्‍यो काठमाडौंका तीन कलेजमा तोडफोड, १५ जना पक्राउ, अवस्था अहिले यस्तो छ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • आइतवार, चैत्र १७, २०७५
नेविसंघले गर्‍यो काठमाडौंका तीन कलेजमा तोडफोड, १५ जना पक्राउ, अवस्था अहिले यस्तो छ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँका तीनवटा कलेजमा तोडफोड गरेको छ ।

काठमाडौँस्थित एपेक्स कलेज, राजधानी कलेज, एसएम कलेलेमा तोडफोड गरिएको नेविसंघका नेता मनिष सिंखडाले जानकारी दिए ।
उक्त कलेजहरुले मानोमानी ढंगले शूल्क लिने गरेको भन्दै आफूहरु कारबाहीमा उत्रिएको उनले दाबी गरे ।

उनीहरुले कलेजको गेटमा माफिया होसियार भन्दै कालो अक्षरले पेन्टिङसमेत गरेका छन् । सोही क्रममा प्रहरीले १५ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मनिष सिंखडा , चेतराज कँडेल (सुजन) ,पौवल बज्राचार्य, अर्बत खड्का,केयुर न्यौपाने, कृष्ण पुडासैनी,सरोज थापा, प्रशान्त थापा,दिपेश ओलि,निराज घिमिरे र सुरज ऐर रहेका छन् । नेविसंघका विद्यार्थीले एपेक्स ,टाईम्स, राजधानी लगायतका कलेजमा माफिया पेन्टिङ गरेका थिए ।

गत शुक्रबारबाट सुरु भएको व्यवस्थापन संकायको स्नातक पहिलो वर्षको पहिलो सेमेष्टरको परीक्षा दिन विद्यार्थी बञ्चित भएपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो ।

उक्त कलेजहरुको लापरवाहीका कारण ३ सय बढी विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै नेविसंघ तोडफोडमा उत्रिएको हो ।

विद्यार्थीलाई परीक्षा दिने वातावरण बनाउन र दोषीलाई कारवाही गर्न माग गरिए पनि बेवस्ता गरेकोले आफूहरु कडा कारबाहीमा उत्रिन बाध्य भएको बताए ।

चर्चामा

सम्बन्धित समाचार