बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • सन्दीपको दिल्लीको सुपर ओभरमा सनसनीपूर्ण जीत

सन्दीपको दिल्लीको सुपर ओभरमा सनसनीपूर्ण जीत

  • आइतवार, चैत्र १७, २०७५
सन्दीपको दिल्लीको सुपर ओभरमा सनसनीपूर्ण जीत

चैत १७

सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) को तेस्रो प्रतिस्पर्धामा कोलकाता नाइट राइडर्सविरुद्ध सुपर ओभरमा रोमाञ्चक जीत हात पारेको छ ।

१८५ को लक्ष्य पछ्याउने क्रममा दिल्लीले आफ्ना दुई विकेट अन्तिम ओभरको अन्तिम दुई बलमा गुमाएसँगै खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरको एक ओभरमा दिल्लीले एक विकेट गुमाउँदै १० रनमात्र जोडन सफल भयो । तर, प्रतिउत्तरमा कोलकाता एक विकेटको क्षतिमा ७ रनमै सिमित भयो ।

दिल्लीको जितमा सुपर ओभरका बलर कगिसो राबाडाले शानदार बलिङ गरे ।

यसअघि कोलकाताले आद्रे रसेलको विस्फोटक ६२ र कप्तान दिनेश कार्तिकको अर्धशतकको मद्दतले ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा दिल्लीका लागि पृथ्वी शाले सर्वाधिक ९९ रनको योगदान दिए । कप्तान श्रेयश ऐय्यरले ४३ रन बनाए ।

आफ्नो पहिलो खेलमा शानदार प्रदर्शन गर्दै सन्दीपले चार ओभरमा २९ रनको किफायती बलिङ गर्दै एक विकेट लिएका थिए । आफ्नै बलिङमा अर्का एक ब्याट्समेनलाई रन आउट बनाएका थिए ।

सन्दीपले पूरै खेल अवधीमा सर्वाधिक किफायती बलिङ प्रदर्शन गरे ।

जितको नजिक पुगेको दिल्लीले अन्तिमको १५ रनमा ७ विकेट गुमाएको थियो ।

हिमाल खबर बाट शाभार

चर्चामा

सम्बन्धित समाचार