बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • खेलकुद
  • आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक

  • आइतवार, चैत्र १७, २०७५
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक

प्रदेश नम्बर–५ मा आगामी वैशाख ५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा ५ हजार २ सय ११ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद राखेपले आज पत्रकार सम्मेलन गर्दै बैशाखमा आयोजना हुने प्रतियोगितामा ३५ खेलमा महिला र पुरुष गरि ५ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्ने जनाएको हो ।

प्रतियोगितामा सहभागी खेलाडी मध्ये २ हजार ८ सय २५ पुरुष खेलाडी र २ हजार ३ सय ८६ महिला खेलाडी रहेका छन् । यस्तै ६ सय ४० प्रशिक्षक र ४ सय ६१ टिम ब्यबस्थापक रहनेछन् । खेलाडीले ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ काश्यका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा धेरैजसो खेल बाँकेमा हुने भएको छ ।

बाँकेमा १७ ओटा खेल हुनेछ । दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौंमा एक÷एक खेल आयोजना गरिने छ । वैशाख ५ गते औपचारिक उद्घाटन गरिने प्रतियोगिता अन्तर्गत् बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्यास्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।

चर्चामा

सम्बन्धित समाचार