शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • प्रहरीले लखेट्दा विप्लवका मोरङ सचिव दुर्घटनामा परी गम्भीर

प्रहरीले लखेट्दा विप्लवका मोरङ सचिव दुर्घटनामा परी गम्भीर

  • शनिबार, चैत्र १६, २०७५
प्रहरीले लखेट्दा विप्लवका मोरङ सचिव दुर्घटनामा परी गम्भीर

विराटनगर – प्रहरीले विराटनगरमा विप्लव नेतृत्वको नेकपाका एकजना जिल्लास्तरीय नेतालाई लखेटी लखेटी पक्राउ गरेको छ।

बिहीबार साँझ विराटनगर बजारमा प्रहरी र विप्लवका मोरङ जिल्ला सचिव नवराज भट्टराईको भेट भयो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा भट्टराई मोटसाइकलमा भागे। प्रहरीको भ्यान पछिपछि गुद्यो। पुष्पलाल चोकदेखि उत्तरतर्फ लागेका भट्टराईको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भयो।

मोटरसाइकल दुर्घटनामा परेका सचिव भट्टराईको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएयो। तर, उपचार सम्भव नभएपछि बिहीबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

दुर्घटनापछि प्रहरीले सचिव भट्टराईलाई नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको मोरङ प्रहरीका एक अधिकृतको भनाई छ। सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि प्रहरीले खोजीखोजी पक्राउ गर्न थालेको छ।

चार दिनयता प्रहरीले विप्लवका भट्टराईसहित ४ जना नेता पक्राउ गरेको छ। कोशी व्यूरो संयोजक घनश्याम श्रेष्ठ पुष्कर, ब्यूरो सदस्य माधव गौतम र मोरङ इञ्चार्ज कृष्णकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

चर्चामा

सम्बन्धित समाचार