शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कर्मचारी समायोजनले बाजुराका स्थानीय तह कर्मचारी विहिन

कर्मचारी समायोजनले बाजुराका स्थानीय तह कर्मचारी विहिन

  • शुक्रबार, चैत्र १५, २०७५
कर्मचारी समायोजनले बाजुराका स्थानीय तह कर्मचारी विहिन

पदम सिंह बाजुरा १५ चैत्र
नेपाल सरकारले कर्मचारी समायोजनको व्यवस्था ल्याएसंगै बाजुराका स्थानीय तहहरु कर्मचारी विहीन बनेका छन् । समायोजनमा बाजुरामा कार्यरत जाने कर्मचारी गएपछि बाजुराका ९ वटा स्थानिय तह कर्मचारी बिहिन बन्दै आएका हुन् ।
पहिले देखीनै कर्मचारी अभाव झेल्दै आएका थियो समायोजनले भएका कर्मचारीहरु पनि रमना लगेर गएपछि कार्यालय संचालनमा समस्या भएको खप्तड छेडेदह गाउपालिकाका अध्यक्ष नरबहादुर रावलले बताए । प्रमुख प्रशासकीय अधिकृत्त डम्मर थापा मात्र रहेका छन् । बाहेक एक जना सुब्बा कम्मानसिंह कुवर महाकाली नगरपालिका र खरिदार संञ्जिव चौधरी बेलौरी नगरपालिका सरुवा भएर गएपछि दैनीक कामकाजमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत्त डम्मर थापाले बताए ।
सात वटा वडाहरु रहेको गाँउपालिकामा एक जना पनि सचिव छैन । जन्म, मृत्यू, विबाह दर्ता जस्ता पञ्जिकरण र वडा पालिकाबाट दिईने अन्य सेवा सुविधा दिन समस्या भएको थापाले बताए । सरुवाको लागी पत्र आएर भएका कर्मचारीहरु रमना लगेर गए आउने को कुनै टुङगो छैन । आर्थिक वर्ष सकिन तीन महिना मात्र बाकी छ । गाउपालिकाले सोचे जस्तो उपलब्ध गर्न नसक्ने दुखेसो व्यक्त गरे ।
गौमूल गाउपालिका एक जना सुब्बाको भरमा चलाउनु पर्ने अवस्था आएको गौमूल गाउपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताए । प्रमुख प्रशासकीय अधिकृत्त टंक खनालले समायोजनमा फागुन ८ गते रमना लगेर गएपछि गाउपालिका एक जना शुब्बाको भरमा संचालन रहेको रोकायाले बताए । आउने कर्मचारीहरुको कुनै खवर नभएको रोकायाले बताए । गाउपालिकामा एक जना पनि सचिव छैन जन्म दर्ता, मृत्यू दर्ता बिबाह दर्ता लगाएतका पञ्जिकरण सम्बधिका काम गर्न समस्या भएको गौमूल गाउपालिका १ का वडा अध्यक्ष बलबहादुर रोकायाले बताए । वडा नम्वर १ बाट गाउपालिकाको केन्द्र पुग्न एक दिन लाग्छ एक दिन काम गर्न र एक दिन गरि तीन दिन लाग्ने गरेको रोकायाले बताए ।
जगन्नाथ गाउपालिकाका कार्यकारी समायोजनमा आफ्नै जिल्ला गुल्मी सरुवा भए । गाउपालिका भरि एक जना मात्र सचिव गोर्कण विष्ट थिए, उनी पनि सरुवा भएपछि गाउपालिका सचिव विहीन बनेको छ । एक जना सहेलखापाल थिए उनै पनि सरुवा भएपछि योजना भूक्तानी दिनमा समस्या भएको जगन्नाथ गाउपालिका प्रमक्त डबल विकले बताए । गाउपालिका भरी चार जना कर्मचारी छन् सवैको समायोजन भएर जानथाले आउने कर्मचारीको टुङगो छैन् । जनताका काम प्रभावित नहुने गरेर सचिव गोकण विष्टलाई रमना रोकेको र कर्मचारी ल्याउन भनेर गाउपालिकाका अध्यक्ष कालीबहादुर शाही काठमाण्डौ गएका प्रबक्ता विकले बताए ।

चर्चामा

सम्बन्धित समाचार