• होमपेज
  • अर्थ/वाणिज्य
  • लगानी सम्मेलन सुरु हुँदै, आज के–के हुन्छ ?

लगानी सम्मेलन सुरु हुँदै, आज के–के हुन्छ ?

  • शुक्रबार, चैत्र १५, २०७५
लगानी सम्मेलन सुरु हुँदै, आज के–के हुन्छ ?

काठमाडौँ – लगानी सम्मेलन २०१९ आजबाट सुरु हुँदै छ । सरकारले यस पटक आयोजनाको किटान नै गरेर ७७ वटा आयोजनालाई सोकेसमा राख्दैछ ।
आज (शुक्रबार) ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग र पर्यटनका विषयमा आयोजनहरूको जानकारी प्रस्तुत हुनेछ । दोस्रो दिन (शनिबार) पूर्वाधार, कृषि, नेपालमा लगानीको अनुभव सेयर, अन्तर्राष्ट्रिय अनुभव आदान प्रदान हुनेछ । शनिबार साँझ ६ बजे सांस्कृतिक कार्यक्रमसहित सम्मेलनको औपचारिक अन्त्य हुनेछ ।  सम्मेलनमा ४० मुलुकका ६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता हुँदैछ । यतिकै सङ्ख्यामा नेपाली लगानीकर्ताको पनि सहभागिता रहने लगानी बोर्डले जनाएको छ ।

दुई दिने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा एवम् स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सार्वजनिक ५० र निजी २७ गरी ७७ परियोजना प्रस्तुत हुनेछ ।

८ बजेदेखि ९ बजेसम्म दर्ता समय राखिएको छ ।  ९ देखि साढे १० बजेसम्मको समय उद्घाटन सत्र हो । यसमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा. युवराज खतिवडा, म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुङ, नेपाली काँग्रेसका तर्पmबाट डा. रामशरण महत, वल्र्ड बैङ्का उपाध्यक्ष हार्टबिग स्याफर, एसियाली विकास बैङ्कका उपाध्यक्ष सिजिन चेन, मेनहार्ट ग्रुपका कार्यकारी अध्यक्ष साहजाद नसिम, मुथुत ग्रुपका अध्यक्ष एमजी जर्ज  र इन्भेस्टमेन्ट बोर्डका सीईओ महाप्रसाद अधिकारीले सम्बोधन गर्नेछन् ।

आजै नेपालमा लगानीको अवसरका  विषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, राजस्व सचिव लालशङ्कर घिमिरे, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्यले प्लेनरी सेसन सञ्चालन गर्नेछन् ।

आर्थिक रूपान्तरणका लागि विद्युतका विषयमा ऊर्जा मन्त्री वर्षमान पुन,  ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर  सागर राज गौतम,  राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद वली,  विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ, केन्द्रीय विद्युत नियामक आयोगका सचिव सरोजकुमार झा,  पावर चाइनाका जनरल म्यानेजर सोङ डोङ सेन,  हाइड्रो सोलुसनका कार्यकारी अध्यक्ष ज्ञानेन्द्र लाल प्रदानले प्यारालल सेसनमा भाग लिनेछन् ।

यता सूचना तथा सञ्चार प्रविधिको विषयमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, सहसचिव वीरेन्द्रकुमार मिश्र,  अमेजन इन्टरनेटका चन्द्र बलानी, सुमितोमोका मासाहिरो मियासिता, माइक्रोसफ्ट एसिया प्यासिफिककी सोनिया बसिर कबिर, सफल पार्टनरका आशुतोष तिवारी स्पिकरको रूपमा रहेका छन् । यो सेसनमा आशुतोषले मोडेरेटर गर्नेछन् ।

यस्तै साइडलाइन इभेन्टमा (व्यापारमा महिला) राष्ट्रिय सभाकी विमला राई पौड्याल,  सीडीसी इन्डियाका श्रीनी नार्गजुन,  अक्सिजन बिजनेसका सीईओ  सिद्धान्त राज पाण्डे,  प्रधानमन्त्रीका वैदेशिक नीतिका सल्लाहकार डा. राजन भट्टराई, पावर चाइनाकी लियाङ यिन, मेगा बैङ्ककी सीईओ अनुपमा खुञ्जेली,  साउथ एसियन ओमन डेभलपमेन्ट फोरमकी अध्यक्ष प्रमिला आचार्य, नथनकी शुभन शिव कुमारन सहभागी भई आफ्ना आफ्नो भनाइहरू राख्नेछन् ।

युवा उद्यमशीलताको विकासमा ट्रयु नर्थ एसोसियसनका सुमन जोशी, डोल्मा इम्प्याक्ट फन्डका टिम गोचर, दिप्त शाह, मुभर एन्ड सिकर होल्डिङका सम्भव सिरोहिया र आइक्यापिटलका अजय श्रेष्ठको सहभागितामा कार्यक्रम सञ्चालन हुनेछन् ।

३१ खर्बभन्दा बढीका परियोजना प्रस्तुत गरेर बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउने सरकारको लक्ष्य छ । यही सम्मेलनमा १२ वटा विभिन्न समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ ।

 

चर्चामा

सम्बन्धित समाचार