• होमपेज
  • राजनीति
  • प्रधानसेनापति भइसकेका व्यक्ति समेत विप्लवको पक्षमा !

प्रधानसेनापति भइसकेका व्यक्ति समेत विप्लवको पक्षमा !

  • बिहिबार, चैत्र १४, २०७५
प्रधानसेनापति भइसकेका व्यक्ति समेत विप्लवको पक्षमा !

काठमाण्डु, १४ चैत– पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग औपचारिक वार्ताबिनै सेना/प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका छन् ।नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेका कदमको आलोचना गरे । गत भदौ २४ गते अवकाश पाएका पूर्वप्रधानसेनापति क्षत्रीले प्रविबन्धित नेकपाका नेता कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्नसमेत सुझाव दिए । नागरिक दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार