• होमपेज
  • राजनीति
  • विप्लवसंग वार्ताको नेतृत्व गर्न तयार छुः बरिष्ठ नेता नेपाल

विप्लवसंग वार्ताको नेतृत्व गर्न तयार छुः बरिष्ठ नेता नेपाल

  • बुधबार, चैत्र १३, २०७५
विप्लवसंग वार्ताको नेतृत्व गर्न तयार छुः बरिष्ठ नेता नेपाल

चितवन, १२ चैत्र : सत्तारुढ नेपाल कम्युन्ष्टि पाटी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीसंग आफु वार्ताको नेतृत्व गर्न तयार रहेको बताउनुभएको छ ।

प्रेस संगठन चितवनले आज(मंगलवार)मा भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले राज्यले विप्लव नेतृत्वलाई मुल धारमा ल्याउन जिम्ममा दिएमा त्यसको नेतृत्व गर्न आफु तयार रहेको बताउनुभएको हो । तत्कालिन प्रचण्ड नेतृत्वको विद्रोही माओवादीलाई शान्तिप्रकृयामा ल्याउन आफुले पनि महत्वपुर्ण भुमिका खेलेको स्मरण गर्दै बरिष्ठ नेता नेपालले विप्लव नेतृत्वको मागका विषयमा छलफल गरेर समस्याको समाधान खोज्न तयार रहेको बताउनुभयो ।

पुर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले सरकारले विप्लव नेतृत्व संग संवादको ढोका खुल्ला राखेकाले प्रतिपक्ष दलले पनि वार्ताका लागि सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । पुर्व प्रधानमन्त्री नेपालले विप्लव समुहलाई सम्वादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलिले प्रयास जारी राखेको स्पष्ट पार्नुभयो । फरक प्रसंगमा नेता नेपालले राजनीति दलले सवैधर्मलाई सम्मान गर्नुपर्ने बताउदै जवरजस्ति धर्म परिवर्तन गराउने कार्यको विरोध गर्नुभयो । क्रिश्चियन धर्मको पक्षमा काम गरेको आरोप लागेका नेता नेपालले यस्तो बताउनुभएको हो

यस्तै उहाँले मन्त्रिमण्डल हेरफेर हुने विषयमा पार्टीभित्र छलफल नभएपनि कामको मुल्याङ्कन गरेर हेरफेर गर्न सकिने बताउनुभयो । उहाँले प्रचण्ड अमेरीकाबाट आएपछि पार्टी एकताको प्रकृया छिट्टै टुंगिनेमा आशा व्यक्त गर्नुभयो । पार्टी एकताको अन्तिम चरणमा पुगेकाले पुर्व सहमति अनुसार एक हप्ता भित्र टुंगाउन सकिने धारणा राख्नुभयो ।

कालिका न्युज बाट

चर्चामा

सम्बन्धित समाचार