शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरणका लागि निवेदन आह्वान

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरणका लागि निवेदन आह्वान

  • बुधबार, चैत्र १३, २०७५
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरणका लागि निवेदन आह्वान

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरणका लागि निवेदन आह्वान गरेको छ।

मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थालाई निवेदन दिन आग्रह गरेको छ।

वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ ‘क’ तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ बमोजिम मन्त्रालयमा सूचीकरण हुन चाहने स्वास्थ्य संस्थाहरुलाई तोकिएको कागजातसहित निवेदनका लागि सूचित गरिएको छ।

सूचना प्रकाशित भएको मितिले १० दिनसम्ममा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखामा निवेदन दिइसक्नुपर्ने पनि मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार