बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • सुनारको अनौठो परीक्षा

सुनारको अनौठो परीक्षा

  • आइतवार, चैत्र १०, २०७५
सुनारको अनौठो परीक्षा

बाजुरा-नव गायक धर्म सुनारको अनौठो परीक्षा नामक म्यूजिक भिडियोको विमोचन गरिएको छ । दोहोरो माया लगाउँदा भोग्नु पर्ने पीडालाई कथा बस्तु बनाएर निर्माण गरिएको गीतको मार्तडीमा औपचारिक कार्यक्रमका बीच विमोचन गरिएको हो । म्यूजिक भिडीयोको सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले विमोचन गरेका हुन् । सुदूर साहित्य प्रतिष्ठानको साधारण सभाको अवसर पारी विमोचन गरिएको गीतको दृश्य, शब्द र संगीत मन छुने खालको रहेको प्रतिक्रिया मन्त्री शाहले दिएका छन् ।

पूर्णकला विसी र धर्म सुनारको स्वर रहेको गीतका शब्द मलेसियामा रहेका बाजुराकै डम्मर विश्वकर्माले लेखेका हुन् । अमित बाबु रोकायाको लय रहेको गीतको भिडियोमा मोडल विमल अधिकारी र सञ्चिता शाहीले अभिनय गरेका छन् ।
मालाश्री रेकडिगं स्टुडियोमा रेकर्ड गरिएको गीत भावना म्यूजिक सोलुसनको उत्पादन वितरणमा म्यूजिक नेपालको यूटुव च्यानल मार्फत सार्वजनिक हुने भएको छ । माया प्रेममा हुने मिलन विछोडसँगै दुई तिरको माया गर्दा प्रेम प्रेमीकाले भोग्नु पर्ने यथार्थतालाई शब्द मार्फत गीतमा बोलिएको छ ।

हे भगवान दुखै दुख किन दियौं भन,जस्लाई मैले मरेनी पाउँदीन आखिर यस्तो अनौठो परीक्षा किन लियौं भन, बोल रहेको गीतमा माया प्रेममा हुने मिलन बिछोडलाई कथा बस्तुमा उतारिएको छ । पहिलो पटकको अभ्यासमा पनि निकै मार्मिक गीत बजारमा ल्याएकोमा विमोचन समारोहमा सहभागिहरुले सुनारलाई बधाई दिएका छन् ।जिल्लाकै सर्वाधिक विकट बिच्छ्यामा जन्मीएका धर्म सुनारले समाजको वास्तविक घटनालाई गीत मार्फत व्यक्त गरेका छन् । सानै देखिको सोच गीत गाउने भएकोले पहिलो सफलता पाउँदा खुसी लागेको सुनारले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार