शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा (फोटो फिचर)

कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा (फोटो फिचर)

  • शनिबार, चैत्र ९, २०७५
कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा (फोटो फिचर)

मदन  बिक

बाजुरा ९ चैत्र  

आन्तरिक तथा बाह्य पर्यटकहरुको भरपुर मनोरन्जनका लागि कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा संचालनमा ल्याईएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिकाले गाउँपालिकालाई पर्यटकीय सम्भावनका दृष्टिले विश्वमा पहिचान गर्न र गाउँपालिकाको आम्दानीको श्रोतमा बृद्धि गर्न कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा संचालनमा ल्याएको हो ।


जिल्लाको मुख्य आर्कषकका रुपमा बग्ने कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा संचालनमा आएपछि अहिले पादुका र पीलुचौर क्षेत्र मुख्य आकर्षकको केन्द्रविन्दु बन्दै गएको छ ।
गाउँपालिकाले कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा संचालन गर्नका लागि पहिलोपटक एकवटा ¥याप्टिङ्ग संचालनमा आएपछि पर्यटकीय सम्भावनाका हिसावले गाउँपालिकाको पहिचान हुने र गाउँपालिकाको आम्दानीको श्रोत बढ्दै जाने गाउँपालिकाले लक्ष्य लिएको छ ।


यो सेवा कर्णाली नदीमा दैनिक संचालन गर्नका लागि गाउँपालिकाले निश्चित मापदण्ड तयार पार्ने भएको छ । ¥याप्टिङ्ग सेवालाई निरन्तरता दिई सर्वसाधारण जनताहरुको पनि पहुँच बृद्धि गर्ने गाउँपालिकाले बताएको छ । कर्णाली नदीमा संचालन भएको ¥याप्टिङ्ग सेवामा सबैको पहुँच पुगाउने र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि ¥याप्टिङ्ग सेवा गरेवाफतको दैनिक शुल्क निर्धारण गरिने गाउँपालिका अध्यक्ष चिरन्जीवि शाहीले बताएका छन् ।


जिल्लाकै मुख्य आकर्षक केन्द्र विन्दुका रुपमा बग्ने कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा विस्तार भएसंगै आन्तरिक तथा बाह्य पर्यटकहरुको पिलुचौरमा भिडनै लागेको छ ।
तीन गाउँपालिका र एक नगरपालिका सहित चारवटा स्थानीय तहहरुसंगै मुख्य आकर्षकको केन्द्र विन्दुका रुपमा रहेको पिलुचौर पादुका क्षेत्रमा दैनिक जसो आन्तरिक तथा बाह्य पर्यटकहरुको घुईचो लाग्ने गरेको स्थानीय रोषन शाहीले बताएका छन् ।


स्वामीकार्तिक खापर गाउँपालिका जाने सडक निर्माण भएको छ तर कर्णाली नदिमा पक्की पुल नहँुदा यातायात सेवा सुचारु हुन सकेको छैन् । गाउँपालिकाले कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा संचालनमा ल्याएपछि स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नदीबाट सवार गराउन सजिलो भएको ¥याप्टिङ्ग चालक धनजित महताराले बताएका छन् ।


कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा सूरुवात गरेपछि बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई ¥याप्टिङ्गमा मनोरन्जन गरिसकेपछि बस्ने व्यवस्था गर्ने र पर्यटकहरुको संख्याको आधारमा ¥याप्टिङ्गहरु थप्दै जाने योजना रहेको स्वामीकार्तिक खापर गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख कुमेरबहादुर शाहीले बताएका छन ।
दुर्गम क्षेत्रमा ¥याप्टिङ्ग सेवालाई विस्तार गर्नका लागि राज्यले पनि विशेष ध्यान दिनुपर्ने नेकपाका नेता नरेशबहादुर शाहीले बताएका छन् ।

 

चर्चामा

सम्बन्धित समाचार