शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बृहत योग शिविर संचालन हुने

बृहत योग शिविर संचालन हुने

  • शुक्रबार, चैत्र ८, २०७५
बृहत योग शिविर संचालन हुने

बडीमालिका खवर
बाजुरा ८,चैत
जिल्लाको सदरमुकाम मार्तडीमा बृहत योग शिबिर संचालन हुने भएको छ । स्वस्थ्य रहन र स्वस्थ शरिर बनाउनका लागि बृहत योग शिविरको आयोजना गरिने भएको हो । बृहत योग शिबिर चैत ११ गतेबाट बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा संचालन हुने आयोजकले बताएको छ ।


योग शिबिरको बारेमा शुक्रबार पत्रकार सम्मेलन मार्फत बडीमालिका नगरपालिका र पतंजली योग समिति नेपाल, जिल्ला समिति बाजुराले जानकारी गराएको छ । पतंजली योग शिबिर नेपाल बाजुरा शाखा र बडीमालिका नगरपालिका बाजुराको सयूंक्त आयोजनामा शिबिर संचालन गरिने पतंजली योग समिति बाजुराका अध्यक्ष लाल बहादुर ओलीले बताएका छन् ।
पत्रकार सम्मेलनमा जानकारी दिदै योग समिति नेपाल बाजुराका अध्यक्ष लाल बहादुर ओलीले स्वस्थ शरिर बनाउन र दैनिक व्यायाम गर्नाले हुने फाइदाका बारेमा जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा बोल्दै बडीमालिका नगरपालिका प्रमख पदम बडुवालले भने “सरकारले स्वास्थ्य सम्बन्धी लिएको निती कार्यान्वयन भित्र योग शिबिर पनि पर्ने भएकोले शिबिरको आयोजना गर्न लागेको बताएका छन्” । योग शिबिरमा जिल्लाका सबैले सहभागी हुन नगरपालिका प्रमुख बडुवालले जोड गरेका छन् ।
खुला योग शिबिर हुने भएकोले जो सुकैले पनी शिबिरमा सहभागी हुन पाउने आयोजक संस्थाका अध्यक्ष लाल बहादुर ओलीले बताएका छन् । जिल्ला सदरमुकाम मार्तडीमा रहेको क्रियटर जोन एकेडेमी बोडिङ स्कुलको प्राङ्गणमा ११ गते बिहान ५ बजेबाट संचालन गरिने पत्रकार सम्मेलनमार्फत आयोजकले बताएको ।
पत्रकार सम्मेलनमा पतंजली योग शिबिर नेपाल बाजुरा शाखाका अध्यक्ष लाल बहादुर ओलीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए । त्यस्तै बिशिष्ट अतिथिमा सोही नगरपालिका उपप्रमुख कबिता बिष्ट रहेकी थिइन भने अतिथिमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज भट्टराई र बडीमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्याय रहेका थिए भने कार्यक्रमको संचालन रेडीयो बाजुराका स्टेशन म्यानेजर कृष्ण ओलीले गरेका थिय । कार्यक्रममा जिल्ला स्थित बिभिन्न संचार माध्याममा कार्यरत संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम बडीमालिका नगरपालिकाको तालिमहलमा संचालन गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार