शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • अभिनेत्री लामिछाने चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारीकाे घोषणा

अभिनेत्री लामिछाने चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारीकाे घोषणा

  • शुक्रबार, चैत्र ८, २०७५
अभिनेत्री लामिछाने चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारीकाे  घोषणा

यही आगामी चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदको लागि बर्तमान महासचिब अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन । काठमाडौँमा चैत्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अधिबेसनबाट नयाँ कार्य समितिको लागि उनले अधक्ष्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

संघको विभिन्न कार्यसमितिमा बस्दै सक्रिय रुपमा कलाकारहरुको हकहितमा बुलन्द आवाज उठाउदै आएकी अभिनेत्री सरिता लामिछाने नेतृत्व सम्हाल्न सक्षम रहेकी चलचित्र वृतका बिज्ञहरु बताउछन । बिगत २ दशक देखि सक्रिय रुपमा चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा रहेर सदैब कलाकारहरुको हितमा वकालत गर्दै आएकी उनि कलाकारितालाइ समेत निरन्तरता दिदै आगामी दिनहरुमा अझ बेशी सक्रियता जनाउदै कलाकारहरुको हक हीत र अधिकारको लागि सधै सपर्पित हुदै र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटको साथ आउने कार्यकालको लागि अधक्ष्य पदमा उम्मेदवारी दिने घोषणा गरेको अभिनेत्री सरिता लामिछाने बताउछिन ।

अधक्ष्य पदमा उम्मेद्वारी  दिनको लागि पनि आफूभन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरुसंग सल्लाह सुझाब लिएर अगाडि बढेको र आफूलाई सहयोग गरि बिजय गराई दिनु हुन कलाकारहरु, पत्रकारहरु सबैमा अभिनेत्री लामिछानेले आग्रह समेत गरेकी छिन। स्मरण रहोस उनि नेपाल चलचित्र कलाकार संघको ३० औ बर्षे ईतिहासमा पहिलो महिला महासचिब पदमा अत्याधिक बहुमतले बिजय गरेको पहिलो महासचिब हुन् ।

चर्चामा

सम्बन्धित समाचार