शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • सुरक्षाकर्मीमाथी आक्रमण गर्ने हाम्रो निती छैन : विप्लव समुह

सुरक्षाकर्मीमाथी आक्रमण गर्ने हाम्रो निती छैन : विप्लव समुह

  • बिहिबार, चैत्र ७, २०७५
सुरक्षाकर्मीमाथी आक्रमण गर्ने हाम्रो निती छैन : विप्लव समुह

काठमाडौं । सरकारद्धारा प्रतिवन्धित विप्लव समुहले सुरक्षाकर्मीमाथी आक्रमण गर्ने पार्टीको निती नरहेको जनाएको छ । काभ्रे गोलीकाण्डमा प्रहरीले जवाफी कारबाही गरेको दाबीलाई नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले ‘वकवास’ भनेर टिप्पणी गरेको छ ।

सरकार, गृहप्रशासन, सुरक्षा निकायका प्रमुख लगायतले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा अपराधीहरुलाई संस्थागत गर्न खोजेको आरोप विज्ञप्तीमा लगाईको छ ।

बिहीबार मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले एक विज्ञप्ति जारी गर्दै काभ्रे गोलीकाण्डले जनयुद्धकालमा लगाइएको संकटकाललाई स्मरण गराएको जनाएको छ ।

‘अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादका विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा छ ।’ विज्ञप्तीमा भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार