बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • बुढीनन्दा नगरपालिका को बस्तुगत बिवरण २०७५ मा चरम लापरवाही

बुढीनन्दा नगरपालिका को बस्तुगत बिवरण २०७५ मा चरम लापरवाही

  • बिहिबार, चैत्र ७, २०७५
बुढीनन्दा नगरपालिका को बस्तुगत बिवरण २०७५ मा चरम लापरवाही

म एउटा रिपोर्ट तयारीको क्रममा बुढीनन्दा नगरपालिकामा थिएँ । नगपालिकाको तथ्याकं बिश्लेषण गरि प्रतिबेदन तयार गर्नुपर्ने थियो । नगरपालिकाको ओयभसाईट हेरें रिपोर्ट भेटीन । उपलब्ध स्रोतबाट बस्तुगत बिवरण पाएँ र केही तथ्याकंहरु परिशिब्ट समेत गरि मेरो प्रतिबेदनमा राखें तर मलाई नभई नहुने तथ्याकंहरुमा मलाई नै चित्त बुझेन र जानकार ब्यक्ति, सम्बन्धित शाखाहरु, ब्यक्तिहरुसंग परामर्ष गरेँ तथ्याकंमा गडवड र ड्राफ्ट हो भन्ने जवाफ पाएँ ।


यो बिवरण नगरपालिकाको भएकाले तत्काल सुधार गर्नका लागि र तथ्याकं पुन संकलन गरि सही रिपोर्ट बाहीर ल्याउन आग्रहका साथ यो सुधार गर्न पर्ने क्षेत्रहरु औंल्याएको छु । यो तथ्याकं सकलन गर्दा देखि बनाउँदा सम्म नगरपालिका र सहयोगि निकायको कति रकम खर्च भयो होला ? कति समय खर्च भयो होला ? तथ्याकं प्रयोगकर्ताहरुले कसरी लिने हुन् यसको समेत मध्यनजर राखी सम्बन्धित निकायले सुधार गरि प्रकाशनमा ल्याउन आग्रह गर्दछु । बुढीनन्दा नगरपालिका बाजुराले लिएको नगर बस्तुगत बिवरण २०७५ को तथ्याकंमा चरम लापरबाही भएको छ । नगरपालिका स्तरमा सूचनाको स्रोत मानिने तथ्याकंहरु सही नभएको पाइृएको छ । नगरपालिकाका जिम्मेवार ब्यक्तिवाट उपलब्ध भएको उक्त बिवरणमा सबै तथ्याकंमा लापरबाही तरीकाबाट संकल भएकोले उक्त बिवरणमा लापरबाही भएको पुष्टि हुन आउँछ । कुनै नाम वा ठेगाना सहि नहुन एक कुरा तर तथ्याङकमा समेत गडबड हुनुले संका उव्जाएको छ ।
नगरपालिका भित्र वा बाहिर कुनै कसैले तथ्याकं प्रयोग गर्ने हो भने सोही तथ्याकंलाइृ आधार मानि आफ्नो प्रतिबेदनमा लेख्ने हो तर तयार भएको बिवरणमा आबश्यक तथ्याकंहरुमा बिभिन्न भिन्नता रहेको छ । साविकको कोल्टी, पाण्डुसैन, कोटीला र एक वडा बाँधु गाविसको मिलाएर संरचना भएको नगरपालिकाको हाल पीलुचौर देखि पोरखे लेक सम्म प्रशासनिक सिमाना रहेको छ । यस भित्र रहेको जनसंख्या, शैक्षिक स्थिती, कृषि तथा अन्य अबस्थीतीहरुको लेखाजोखा गरिएको तथ्याकंमा डाटा संकलनमा नै त्रुटी भएको देखिएको छ । साविकका ३ वटा गाविसमा ३ वटा सामुदायिक सिकाई केन्द्र हुन तर नगरपालिकाको प्रतिबेदनमा १ वटा देखाइईएको छ भने केन्द्रको नाम ः चौमुले कृषि सहकारी वडा नम्वर ४ रहेको देखाईएको छ । नगरपालिका भरी जम्मा बेरोजगार संख्या १४ जना मात्र रहेको तथ्याकंले देखाएको छ भने पढ्न लेख्न दुबै नजान्ने जनसंख्या ४ हजार २ सय ३५ रहेको देखाईएको छ भने निरक्षर ब्यक्तिहरुको संख्या ३ हजार २ सय ५२ छ यो तथ्याकंले नै लिएको बिवरणको तारताम्ब्य नमिलेको देखाउँछ ।
नगरपालिका भरी १० वटा वडाहरुमा कुनै न कुनै ब्यवसाहिक तालिम प्राप्त जनशक्ति नभएको देखाईएको छ के नगर भरिमा कुनै पनि छैन यसले अब प्रश्न उब्जाउँछ की उब्जाउँदैन होला ?? नगरभरि जम्मा १ सय ८८ जना सुकम्बासी भनेर देखाईएको छ भने १ देखि ५ नम्वर वडामा सुकुम्वासि नै नरहेका र सबैभन्दा बढी वडा नम्वर १० मा ५८ जना सुकम्बासि रहेको देखाईएको छ ।
नेपाल सरकारको कानून अनुसार पैतृक सम्पत्ति हुने वाला छोरा वा छोरीको नाम जग्गा धनी पुर्जा नभए पनि सुकम्बासि नहुने भन्ने उल्लेख छ तर ति सबै कुनै पनि सम्पत्ति नहुने हुन् ?? तिन पुस्तासम्म जग्गा नपाएकालाइ सुकुम्बासी मान्ने गरिएको भए पनी सोको तथ्याङक पनी साँचो नदेखीएको प्रष्ट छ र त्यसमा कुनै तथ्याङक खुलाईएको छैन । हुन् भने को को हुन् नामावलि सार्बजनिक गरि आबश्यक कार्यक्रम तयार गरि नगरले सहयोग गर्नुपर्छ या पर्दैन ? पर्यटकहरुलाई लक्षित गरि संचालन भएका नगरपालिका भरि जम्मा २ वटा होटेल रहेका छन् भनिएको छ उसो भए पाण्डुसैनमा बस्ने पर्यटकले कहाँ कोल्टी आएर बास बस्छ त ??? अन्य वडामा कस्ता प्रकृतिका होटेल र कति दर्तावाला होटेल छन् त्यो देखाईएको छैन ।
साना तथा ठुला खाले ब्यवसाय गर्ने ब्यवासायीहरुको संख्या ३ सय २० वटा रहेको देखाईएको छ भने सबै भन्दा बढी किराना पसलहरुबाट बार्षिक रु एक करोड उनान्पचास लाख बरावर कारोवार हुने देखाईएको छ, के यिनिहरु सबै ब्यवसायिहरु सरकारको करको दायरामा आएका छन् की छैनन् कुनै ठाउँमा उल्लेख भएको छैन । बैक तथा बित्तिय संस्थाहरुमा जम्मा ७ वटा रहेको पाईएको छ सहकारी मात्र ११ वटा नगरपालिकामा दर्ता भएका र ठेगाना भएको रेकर्ड सहकारी डिभिजन कार्यालय संग रहेको छ । बैकहरु र बित्तय संस्थाहरु जोडेमा अझ बढि हुदैन र ?? साक्षरताको विवरण हेर्दा सबैभन्दा बढी साक्षरता भएको वडा वडा नम्वर ४ कुरु र सबैभन्दा कम साक्षरता भएको वडा वडा नम्वर १ रहेको छ । नगरपालिका भरिको कुल साक्षरता दर ८२.३५ प्रतिशत रहेको छ । नगरपालिका भित्र साविकका सबै गाविसका जोड्दा कुल २३ वटा बाल बिकास केन्द्र रहेको फल्यास रिपोर्ट २०७४।२०७५ मा उल्लेख छ तर नगरपालिकाको तथ्याकंमा ७ वटा वालबिकास केन्द्र मात्र देखाईएको छ ।
बिवरणमा समुदायमा आधारीत भनेपनि बिद्यालयमा आधारीत कति हुन् त खुलाईएको छैन ?? सरकारले बाल बिकास केन्द्रलाई दुई प्रकारमा बिभाजन गरेको छ । गत बर्ष गर्भवति र प्रसुति भएका जम्मा ३ सय ३९ महिलाहरु मध्ये वडा नम्वर २ देखि ६ सम्म कुनै पनि महिला प्रसुति तथा गर्भवति नभएको देखाईएको छ । यदि वडागत तथ्याकं हो भने वडाको सुचीमा राख्नुपर्ने हैन र ?? तथ्याकंकले त वडा नम्वर १ मा मात्र सबै महिला गर्भवति र सुत्केरी भएका रहेछन् अन्य वडामा भएका रहेनछन् भन्ने देखाएन र ?? नगरपालिका भरि १ सय ५२ जना दिर्घ रोगिहरु रहेको देखाएको छ । सबैभन्दा बढी वडा नम्वर ६ मा ६५ जना रहेका छन् त्यसको लागि नगरपालिकाले कुनै खास कार्यक्रम मार्फत सहयोग गरेको देखिदैन ।
कुल घरघुरी ३ हजार ५ सय १८ मा जीवन बिमा गर्ने कुल जनसंख्या ६ रहेको देखाईएको छ । नगरपालिकाले लिएको यो तथ्याकं संकलन गर्नका लागि गाउँ गाउँमा वडागत रुपमा गणक पठाएको थियो होला जसका लागि प्राबिधीक सहयोग सामुदायिक बिकास कार्यक्रम  Community  Development Program CDP र नगरपालिकाद्धारा प्रकाशन गरिएको हो ।
लेखन: प्रदीप राज जोशी पत्रकार महासंघ बाजुराका साधारण सदस्य

चर्चामा

सम्बन्धित समाचार