शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खेलकुद
  • श्रीलंकामाथि जितपछि प्रशिक्षक खड्काले भने : सन्तुष्ट छु

श्रीलंकामाथि जितपछि प्रशिक्षक खड्काले भने : सन्तुष्ट छु

  • बुधबार, चैत्र ६, २०७५
श्रीलंकामाथि जितपछि प्रशिक्षक खड्काले भने : सन्तुष्ट छु

६ चैत, विराटनगर । नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् । विराटनगरको शहीद रंगशालामा बुधबार सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० ले पराजित गरेपछि प्रशिक्षक खड्काले खुशी व्यक्त गरेका हुन् ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘नतिजाबाट म सन्तुष्ट छु । पहिलो हाफको तुलनामा दोस्रो हाफमा राम्रो खेल्यौं । पहिलो हाफमा गोल मात्र ननिक्लिएको हो ।’ उनले अघि भने ‘सेमिफाइनलमा यतिको गोलअन्तरमा जित हात पार्नु राम्रो हो । अब फाइनलमा पनि यही नतिजालाई निरन्तर दिदै उपाधि जित्छौं ।’ कप्तान निरु थापाले फाइनलका लागि आफूहरु तयार भएको बताएकी छिन् । उनले भनिन् ‘हामी फाइनलको लागि तयार छौं । श्रीलंकाविरुद्ध पहिलो हाफमा केही नमिलेको जस्तो भयो तर दोस्रो हाफमा सुधार्‍यौं ।’ यता, श्रीलंकाका प्रशिक्षकले भने नेपालसँग सुरुवातदेखि नै दबाबमा परेको बताए । नेपालले अब फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग चैत ८ गते खेल्नेछ ।

चर्चामा

सम्बन्धित समाचार