शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिबीकोपार्जन सम्बन्धि दुई दिने तालिम सम्पन्न

जिबीकोपार्जन सम्बन्धि दुई दिने तालिम सम्पन्न

  • मङ्लबार, चैत्र ५, २०७५
जिबीकोपार्जन सम्बन्धि दुई दिने तालिम सम्पन्न

बडीमालिका खवर
बाजुरा ५ चैत
बडीमालिका नगरपालिकामा २ दिने जिविकोपार्जन तालिम सम्पन्न भएको छ । एकल महिलता तथा हिसांमा परेका महिलाहरुलाई ब्यबासायी बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हो ।
एकल तथा हिंसा पिडित महिलाहरूलाई जिबीकोपार्जन कसरी गर्ने र आर्थिक रुपमा कसरी सवल बनाउने भन्ने मुल उदेश्यका साथ तालिमको आयोजना गरिएको बडीमालिका नगरपालिका वडा न ९ की वडा सचिव तथा सहायक महिला बिकास निरीक्षक शोभा साहले बताइन । तालिममा बडीमालिका नगरपालिकाका सबै वडाबाट छनौट गरिएका गरिएका एकल तथा हिंसामा परेको महिलाहरुको सहभागीता रहेको वडा सचिव तथा सहायक महिला बिकास निरीक्षक शोभा साहले बताइन ।
बडिमालिका नगरपालिका का ९ वटा वडाका ४ जना गरि ३६ जना महिलाहरुको सहभागीता रहेको शाहले बताएकी छन् । तालिम एकल महिलालाई व्यवसायी बनाउन कसरी सकिन्छ व्यबसायी हुन के गर्नु पर्छ भन्ने बिषयमा जिल्ला घरेलु तथा साना उद्योग बिकास समिति बाजुराका प्रकाश बिक र वडा सचिव तथा सहायक महिला बिकास निरीक्षक शोभा साहले गरेको बडीमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकले बताएका छन् । सो तालिमको सहयोग युनिसेफले गरेको थियो भने कार्यक्रमको आयोजना बडिमालिका नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखाले गरेको वडाअध्यक्ष बिकले बताएका छन् । प्रत्यक महिलालाई जिबिको पार्जनमा सघाउ पुर्याउन ४ हजार ५ सयका दरले नगद समेत सहयोग गरेको हायक महिला बिकास निरीक्षक शोभा साहले बताएकी छन् । तालिम २ दिन सम्म स‌चालन गरिएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार