बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बुढाखोला पिनालेख सडक शिलान्यास

बुढाखोला पिनालेख सडक शिलान्यास

  • आइतवार, चैत्र ३, २०७५
बुढाखोला पिनालेख सडक शिलान्यास

प्रेम रौले
बाजुरा ३चैत
बाजुराको बडीमालिका नगरपालिका– १ मा बुढाखोला–पिनालेख पाटा हुदै खप्तडछेठेदह गाउँपालिका जोड्ने सडकको शिलान्यास गरिएको छ । मार्तडी–थामलेख सडकखण्डमा पर्ने बुढाखोला–पिनालेख पाटा हुदै खप्तडछेठेदह गाउँपालिकामा जोड्ने गरी आठ किलोमिटर सडक शिलान्यास गरिएको हो । एक औपचारिक कार्यक्रमका बीच सडकको उद्धघाटन गरिएको बडीमालिका नगरपालिका–१ का वडाअध्यक्ष रामबहादुर कार्कीले बताएका छन् ।
बडीमालिका नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक निर्माण हुन लागेको अध्यक्ष कार्कीले बताए । निर्माण हुन लागेको उक्त खण्डको सडक नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितले शिलान्यास गरेको नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशी बताएका छन् ।
सडक निर्माणको कार्य जिम्मा लिएको सडक उपभोक्ता समितिका अध्यक्ष प्रभते कार्कीले चैत मसान्त भित्र सम्पन्न गरिसक्ने बताएका छन् । सडक निर्माणका लागि नगरपालिकाले यस आर्थिक वर्षमा ५० लाख विनियोजन गरेको बडीमालिका नगरपालिकाका उप–प्रमुख कविता विष्टले बताईन ।
सुखी नगर समृद्ध नगर बनाउनका लागि नगरपालिकाले विकास निर्माण कार्यलाई विशेष प्राथमिकता दिदै आएको नगर उप–प्रमुख कबिता विष्टको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार