शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • ‘ए मेरो हजुर ३’को पहिलो गीतमा यस्तो छ अनमोलसँग सुहानाको रोमान्टिक मुड

‘ए मेरो हजुर ३’को पहिलो गीतमा यस्तो छ अनमोलसँग सुहानाको रोमान्टिक मुड

  • शनिबार, चैत्र २, २०७५
‘ए मेरो हजुर ३’को पहिलो गीतमा यस्तो छ अनमोलसँग सुहानाको रोमान्टिक मुड

ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक भएको छ । सिनेमाको पहिलो गीत शुक्रबार युट्युवबाट सार्वजनिक गरिएको हो ।

‘जीन्दगी नै भन्दिन’ बोलको गीतमा अनमोल केसीसँग र डेव्यु नायिका सुहाना थापालाई रोमान्टिक अवतारमा देखाइएको छ।

सुहाना निर्माता सुनिल कुमार थापा तथा अभिनेत्री झरना थापाकी छोरी हुन्।

झरनाले आफ्नै निर्देशनमा छोरीलाई यसै सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गराउँदै छिन्। थापाको यो दोश्रो निर्देशकिय सिनेमा हो।

सार्वजनिक गीतमा आशिष अविरलको संगीत एक नारायण भण्डारीको शब्द तथा सुगम पोखरेल र प्रविसा अधिकारीको स्वर छ । गीतलाई मनाङ र अमेरिकामा छायाँकन गरिएको छ।

सिनेमा चैत २९ गते रिलिज हुँदैछ।

सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार