बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • पर्यटन
  • आहा! क्या राम्रो रामारोशन

आहा! क्या राम्रो रामारोशन

  • शनिबार, चैत्र २, २०७५
आहा! क्या राम्रो रामारोशन

तालै ताल, मैदान, सिमसार क्षेत्र, प्राकृतिक सम्पदाले भरीपूर्ण छ रामारोशन क्षेत्र।

समुन्द्र सतहदेखि २०५०देखि ३७९२ मिटर उचाईमा फैलिएको रामारोशन इतिहास, प्राकृतिक सौन्दर्यता, आध्यात्मिक र जैविक विविधताको सुन्दर बगैचा हो।

कैलाश खोलाको मुहान रहको रामारोशनमा प्रसस्तै गुफा र झरना छन्। साथै अनेकन जंगली जनावर र पंक्षीको बास्थानसमेत रहेको यहाँ थुप्रै मैदानहरू छन्, ती मध्ये मुख्य किनिमिनी, रामे र रोशन हुन्।

रामे नामको गोठालाले सुरूमा गोठ राखेको थियो। करिब आधा घण्टाको दूरीमा रमाईलो र रसिलो ठूलो मैदान छ, यी दुवै मैदान जोडेर स्थानीयले रामेरसुन भन्न थाले, पछि अपभ्रंस हुँदै रामारोशन हुन पुगेको स्थानीय बताउँछन्।

गत साल ‘खप्तड काब्य यात्रा २०७५’ को सिलसिलामा सिलगढीबाट झिंग्रानाहुँदै खप्तड पुगेको थियौं।

यसपाली अछामेली युवा खगेन्द्र साउद र रूपेश साउदले रामारोशन घुम्ने तारतम्य मिलाए।

काठमाडौंबाट धनगढीसम्म रात्री बस र फेरि अत्तरियाबाट अछामको लागि रात्री बस नै चढ्यौं। यात्रामा इन्जिनियर सुनिल सर र अध्यात्मिक युवा अभियन्ता जनक शाह पनि थिए।

रात्री यात्रा, निस्पट्ट अध्यारोमा केही देख्न पाईएन। गाडी डडेलधुरा, डोटी र अछाम जिल्लाको झिलिमिलि पहाडी सहर र गाउँ पार गर्दै अगाडि बढ्यो।

फर्किदा सुन्दर दृश्यहरु हेर्न उज्यालोमै फर्किने मनमनै सोचेँ। साँफेबगरहुँदै जयगढ पुग्दा मिर्मिरेमा बिहान  भइसकेको थियो।

जयगढ सानो बजार रहेछ। त्यँहाबाट हामी जिपमा कच्ची बाटो पूर्वतिर हुँईकियौं। करिब २४ कि.मि. दूरी पार गरेपछि रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर पुग्यौं। त्यहाँ गाउँपालिकामा अन्तरकृया र छलफल गरेर हामी अगाडि बढ्यौं।

रामे पुग्दा झमक्क साझ परिसकेको थियो। करिब २३०० मि उचाईमा अवस्थित रामे बेसक्याम्पमा हाल सीता गेष्टहाउस, जिगाले गेष्ट हाउस, चाका गेष्ट हाउससहित ४ वटा होटल र लज सञ्चालनमा रहेछन्।

बाह्र बन्ड (ताल), अठार खण्ड (पाटन) र ताल तलैया

रामारोशनलाई  १२ बण्ड (ताल) १८ खण्ड (पाटन) ले पनि चिनिदो रहेछ। बाह्र बण्डमा जिगाले ताल सबैभन्दा ठूलो, त्यसका वरिपरी केही दूरीमा बाटुल्ला, लामीदह, लिस्से डाली, ताउले, तल्लो धाउने, माथिल्लो धाउने,  गाग्रे ताल,  डौठे खाल,  दल्याना,  रामे ताल, र गेराह ताल पर्दा रहेछन्।

जिगाले तालमा माछा प्रसस्तै पाइँदो रहेछ। केही वर्ष अगाडिसम्म काठको डुंगासमेत चलेका रहेछन्। स्थानीय सुवर्ण र खडक सिंह रोकायाको पहलमा काठको डुंगा सञ्चालनमा ल्याएर पर्यटकलाई घुमाउने गरेको यो तालमा अहिले केही छैन। तर छिट्टै गाउँपालिकाले राफ्ट डुंगा सञ्चालन गर्ने योजना रहेछ।

त्यसैगरी अठार खण्डमा किनिमिनी खण्ड, रोशन टोउका खण्ड, रोशन जिगाले खण्ड, रोशन  बागफाल खण्ड, रामे रोशन खण्ड, दल्याना रामे खण्ड, पातल दल्याना खण्ड , गेराह जैदेखोला खण्ड, जिउने पातल खण्ड, चिल्फु गाग्रा खण्ड, बागफल गोरेकोट खण्ड, ददाडी पिनालेखी खण्ड, सालिमकोट कागे बर्जु खण्ड, नेटाकोट साकोट खण्ड, रामे रगाडे खण्ड, पिनालेखी टोट्के खण्ड, पातल दल्याना खण्ड, गेराह जैदेखोला खण्ड,  जिउने पातल खण्ड , चिल्फु गाग्रा खण्ड , बागफाल गोरेकोट खण्ड, ददाडी पिनालेखी खण्ड, सालिमकोट कागे बर्जु खण्ड, चिर्किटे खालापोखर खण्ड, नेटाकोट साकोट खण्ड , रामे रगाडे खण्ड, किनिमिनि सिदुरे खण्ड, र पिनालेखी टोट्के खण्ड रहेछन्।

त्यस्तै ठूला साना  गरी दर्जनौ मैदान छन्। जसमा रोशन मैदान, किनिमिनि मैदान, सिन्दुरे मैदान, बागफाल मैदान, रामे मैदान, रँगाडे, दनाडी, भिउमोरा, चिल्फु, गादो पाड्ने  र सुइडेनी गडो रहेछन्।

झरना (छहरा) को लागिसमेत प्रख्यात यहाँ बांगे छहरा, दल्याना छहरा, किनिमिनी फिस्साने छहरा, औलाघाट कैलाशखोला छहरा, रामारोशन गगन छहरा, वडाचामल छहर र जैदेखोला दुदुल्लेबोट छहरा देख्न पाईन्छ।

चका डाँडा, डडिल्ला, गेली हाल्ने गडा, बगफाल, ददानी, चिन्डेनी, थेप्चे गोरेकोट, अमरपाटा, नदाई र सर्गको घडी प्रमुख पहाडी चुचुरा हुन्।

रामारोशन धार्मिक हिसाबले पनि महत्व बोकेको ठाउँ हो। यहाँ कालिका देवी, नन्दादेवी, जाल्पादेवी, नीलकण्ठ, मस्टो, मालिका देवी, गुण लानी, बलवान बाबछाला, आदि मन्दिर छन्।

लोठ सल्ला, सतुवा, दालचिनी, पाँचऔंले, सिलाजित, बाँजखोटो, बोजो, पदमचाल, कटुकी, सुगन्धवाल, बिसमारो, गदाल्नुलगायतका जडिबुटी यहाँ पाइदो रहेछ।

यस क्षेत्रमा प्रायः तीन तले एकनासे सुन्दर चिटिक्क परेका ढुंगे छानाका घर छन्। क्षेत्री, ठकुरी, ब्राम्हण, दलित र मगर समुदायको बसोबास छ।

कैलाश खोलाको असला माछा, लोकल कुखुरा, सिस्नो, स्थानीय चामलको भात, फिस चाउमिन, साग सब्जी र दालसहितको स्वादिष्ट स्थानीय अर्गानिक परिकारले मुख रसाउँछ।

यहाँका मुख्य पेशा कृषि नै हो। वैदेशिक रोजगारमा पनि धेरै छन्, छिमेकी मुलुक भारत यहाँका धेरै मानिसहरू जाने गर्छन्।

कृषि उत्पादनमा मकै, धान, गहुँ, जौं, उवा, कोदो आदि हुन् भने तरकारी तथा फलफूलमा आलु, लसुन, तोरी, भटमास, गहत, सिमी, नास्पाति, केरा, सुन्तला हुन्।

पशुपालनमा गाई भैसी, भेडा बाख्रा, कुखुरा, बंगुरपालन यहाँको प्रमुख व्यवसाय हो।

यहाँका मुख्य चाड पर्वमा दसैं, तिहार, पुस १५, जेठ पूर्णिमा, नयाँ वर्ष, पुतला, मालिके पुनि, हिले पयढ, भुव नाच, पुस पूर्णिमा धुमधामले मनाउँछन्।

यहाका सांस्कृतिक कार्यक्रमहरू भुव, पुतला, न्याउले, होरी, हुड्के र देउडा हुन्।

युद्व पर्यटनको सम्भावना

चर्चामा

सम्बन्धित समाचार