शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन सरकारको ३५ दिने अल्टिमेटम

सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन सरकारको ३५ दिने अल्टिमेटम

  • शनिबार, चैत्र २, २०७५
सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन सरकारको ३५ दिने अल्टिमेटम

३० फागुन, काठमाडौँ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ । बिहीबार बैठकको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको बताए ।मन्त्री बाँस्कोटाका अनुसार स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन भनिएको छ । ‘ती हतियार बुझाउनलाई सरकारले ३५ दिनसम्मको अल्टिमेटम दिएको छ । यो अवधिमा हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाह हुनेछ’, उनले भने ।

मंगलबार बसेकाे बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि पनि प्रतिबन्ध लगाउने घोषणा पनि गरेको छ । समूहका सदस्यहरुका साथबाट अवैध हतियार बरामद हुने क्रम तीब्र भएपछि सरकारको यो निर्णय सार्वजनिक भएको हो ।

चर्चामा

सम्बन्धित समाचार