बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडामा संचालन भएका योजनाको सार्वजनिक सुनुवाई

वडामा संचालन भएका योजनाको सार्वजनिक सुनुवाई

  • शुक्रबार, चैत्र १, २०७५
वडामा संचालन भएका योजनाको सार्वजनिक सुनुवाई

बडीमालिका खबर
बाजुरा १ चैत
जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ ले आफ्नो वडा भित्र चालु आर्थिक वर्षमा निर्माण भएका र निर्माण हुन बाँकी रहेका योजनाहरुको सार्वजनिक सुनुवाई गरेकोे छ ।
बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर वडा भित्र संचालन भएका चालु आर्थिक वर्षका १९ वटा योजना मध्ये १६ वटा योजनाहरुको काम सम्पन्न भई उपभोक्ताहरुलाई भुक्तानी गरिसकेको र बाँकी ३ वटा योजनाहरुको निर्माण कार्य जारी रहेको सार्वजनिक कार्यक्रम मार्फत जानकारी गराएको छ ।


चालु आर्थिक वर्ष २०७५÷७६ का लागि वडा भित्र ४१ लाख १० हजार बराबर रकमका योजनाहरुको छनोट गरिएको र छनोट गरिएका योजनाहरुको निर्माणको काम सम्पन्न भएको र निर्माणाधिन अवस्थामा रहेका ३ वटा योजनाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा अध्यक्ष विनोद कुमार विकले सार्वजनिक सुनुवाई गरेर बताएका छन् ।
बडीमालिका नगरपालिका वडा नं. ९ भित्र चालु आर्थिक वर्षमा सिँचाई, तटबन्धन, घेरबार विद्यालय फिल्ड निर्माण, काठेपुल, गोरेटोबाटो, सहकारी पसल निर्माण, मठमन्दिर लगायतका पुर्वाधारहरु निर्माण गरेको छ ।
बडीमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विनोद कुमार विकको अध्यक्षतामा संचालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथि बडीमािलका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावल रहेका थिए । कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीहरु, वडा सदस्य र पत्रकारहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार