शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • यूवा सशक्तीकरण तालिम सम्पन्न

यूवा सशक्तीकरण तालिम सम्पन्न

  • बिहिबार, फाल्गुन ३०, २०७५
यूवा सशक्तीकरण तालिम सम्पन्न

बडीमालिका समाचार
बाजुरा ३० फागुन
बडीमालिका नगरपालिकामा युवा ससक्तीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ । युवाहरुलाई स्वारोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पीसविन बाजुराद्वारा सँचालित यूवा सशक्तीकरण बुलगारी परियोजनाको आयोजना र बडीमालिका नगरपालिका र घरेलु तथा साना उद्योग विकास समिति बाजुराको सहकार्यमा बडीमालिका नगरपालिका वडा नं. १ देखि ९ भित्रका १८ देखि २२ बर्ष उमेर समुहका ३५ जना यूवाहरूलाई उद्यमशिलता बिकास सम्बन्धि ५ दिने तालिम रेडियो बाजुराको तालिम हलमा बिहबिार सम्पन्न भएको पीसविन बाजुराले बताएको छ । तालिमको समापनको अध्यक्षता पीसविन निमित्त कार्यक्रम प्रवन्धक धर्म बहादुर रोकायाले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगर प्रमुख पदम बडुवाल रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथि मानव अधिकार एलाईन्सका केन्द्रिय उपाध्यक्ष लाल बहादुर ओली, सेभ द चिल्ड्रेन कार्यक्रम अधिकृत प्रेम पुन र घरेलु तथा साना उद्योग विकास समितिका नासु पदम ऐर रहेका कार्यक्रम प्रबन्धक रोकायाले बताएका छन । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बडुवालले स्थानीय उत्पादनलाई जोड दिई बाह्य उत्पादन तथा खरिदलाई न्यूनिकरण गर्न नगरपालिकाले विभिन्न उत्पादनमुखि र सीपमुलक कार्यक्रमहरू सँचालन गरिरहेको र युवाहरूलाई उत्पादनमुलक सेवातिर अभिप्रेरित गर्न सहयोगकालागि विभिन्न साझेदार गैरसरकारी सँस्थाहरू र बित्तिय सँस्थाहरूसँग समन्वयात्मक ढंगले अगाडि बढिरहेको जानकारी गराएका थिए । बडिमालिकालाई समृद्द बनाउनका लागि किसानहरूलाई उत्पादन मुखि कार्यक्रममा लाग्न समेत सुझाव दिएका थिए । साथै पीसविनले विगत ३ दशक देखि सामाजिक अभियान तथा रूपान्तरणको क्षेत्रमा अतुलनीय भुमिका खेलेको र स्थानीय सरकारलाई पनि विभिन्न कार्यक्रमहरूमा सहयोग, समन्वय र सहजिकरण गरेकोले आगामि दिनहरूमा पनि निरन्तर सहयोगको अपेक्षा समेत ब्यक्त गरेका थिए । उक्त तालिमको सहजिकरण घरेलु तथा साना उद्योग विमास समितिका पदम ऐर, पीसविनका खड्गराज जैशि र हिरा सार्किले गरेका हुन । यस्ता तालिमले बाजुराका युवाहरुलाई रोजगारीमुखी बनाउन प्रेणा मिल्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार