मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • शिक्षा
  • पाल्पामा हावाबाट ६ सय वाट विद्युत निकालियो

पाल्पामा हावाबाट ६ सय वाट विद्युत निकालियो

  • बिहिबार, फाल्गुन ३०, २०७५
पाल्पामा हावाबाट ६ सय वाट विद्युत निकालियो

पाल्पा । कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट विद्युत निकाल्ने अभिव्यक्ति दिंदा चौतर्फी आलोचना भएको थियो । प्रधानमन्त्री ओलीका कुरा धेरैले पत्याएका थिएनन् । तर, पाल्पाका जनताले भने हावाबाट उत्पादन भएको विद्युत उपभोग गरिरहेका छन् ।

पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ४ को मित्यालमा हावाबाट विद्युत निकालिएको छ । हावाबाट उत्पादन भएको विद्युत बाल्न पाउँदा स्थानीय पनि उत्तिकै खुसी छन् । हाल गाउँपालिकाको केन्द्र रुक्सेभञ्याङ्गमा एकहजार दुई सय वाटको विद्युत निकालिएको छ । त्यस्तै वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले पुनः २ हजार ५ सय वाट क्षमताको विद्युत निकाल्ने काम सुरु गरेको छ ।

आठ लाख रुपैयाँको लगानीमा हावाबाट विद्युत निकालिएको हो । १ हजार २ सय वाट क्षमताको विद्युतमध्ये ६ सय वाट हावाबाट र बाँकी ६ सय वाट सोलार प्यानलवाट उत्पादन गरिएको छ । निस्दीगाउँपालिका–४ मित्यालको वडा कार्यालय र मित्याल स्वास्थ्यचौकीमा यो विद्युत प्रयोग हुँदै आएको छ भने गाउँपालिका सबै ठाउँमा विद्युत विस्तार गर्ने काम भएको छ । स्थानीय कृष्ण ग्रिल एण्ड इञ्जिनियरिङ वर्कस प्रालिको प्राविधिक सहयोगमा २५ किलोवाट क्षमताको वायु उर्जा निकाल्ने काम पनि भइरहेको छ । १५ किलोवाट वायु र १० किलोवाट सौर्य उर्जाको हाईब्रिट प्रणालीबाट २५ किलोवाट विद्युत निकाल्न सकिने प्राविधिकहरु बताउँछन् ।

हावाबाट विद्युत उत्पादन भएपछि अन्य स्थानीयवासी पनि यसप्रति आकर्षित हुन थालेका छन् । निस्दीको यहि क्षेत्रमा सौर्य र वायु उर्जाको अन्य सम्भावना पनि देखिएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ठम्याई छ ।

चर्चामा

सम्बन्धित समाचार