शुक्रबार, बैशाख १४, २०८१

कबिता : जीवन

  • बिहिबार, फाल्गुन ३०, २०७५
कबिता : जीवन

जीवन फुल हो,
फ्रक्रिन्छ र ओइलाउँदछ ।
जीवन सुर्य हो,
उदाउँदछ र अस्ताउँदछ
अनी,
अनि हो ! जीवन महासागर,
निरन्तर बगिरहन्छ ।।।
पुष्प फक्रिएर ओइलाउँदा
दिन्छ दुई ओटा गुणहरु
छर्छ सुगन्ध र दिन्छ सुन्दरता ।
सुर्य उदाएर अस्ताउँदा
गर्छ दुईओटा कामहरु
दिन्छ भिटामिन डी र पार्छ उज्यालो आधा धर्ती ।।
अनि, महासागर
दुःख, कष्ट झेल्दै गन्तब्य चुम्न
गरिरहन्छ अबिराम यात्रा
बगिरहन्छ निरन्तर – निरन्तर ।।।
हुनुपर्छ जिवन फूल झैँ
गुणहरु दिन सक्ने ।
बन्नुपर्छ जीवन सुर्य झै
कामहरु गर्नसक्ने ।।
हुनुपर्छ जीवन महासागर झैँ
भुमरीहरु झेल्न सक्ने ।।।
ठिक त्यस्तै बन्नुपर्छ,
पुष्प, सुर्य र महासागर झैं
यो मनुष्य जीवन ।। ।।

प्रगतिसिल कवि – महेश शाही  (प्रभाकिरण)

                                                  मिति २०७१ भाद्र २२ गते

चर्चामा

सम्बन्धित समाचार