शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • पशुपति शर्मालाई टक्कर दिँदै झंकार बुढाले भने–‘लुट्नु हुन्न देश’ (भिडियोसहित)

पशुपति शर्मालाई टक्कर दिँदै झंकार बुढाले भने–‘लुट्नु हुन्न देश’ (भिडियोसहित)

  • बुधबार, फाल्गुन २९, २०७५
पशुपति शर्मालाई टक्कर दिँदै झंकार बुढाले भने–‘लुट्नु हुन्न देश’ (भिडियोसहित)

काठमाडौँ, फागुन २८ । केही महिना अघि गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गीत बजारमा ल्याए पछि त्यो गीत बिवादित बन्यो । गायक शर्माले आफ्नो गीतमार्फत देश लुट्न आब्हान गरेका थिए ।

उक्त गीतको प्रतिपक्षी दलले समर्थन गरे पनि सत्ताधारी दलले भने केही शब्द परिमार्जन गर्न गायकलाई सुझाब दिएका थिए । त्यसलगत्तै गायक शर्माले आफ्नो गीत युटुब बाट हटाए ।

तर पशुपति शर्माको गीत बिवादित बनेसंगै जन गयक झंकार मगरले भने देश लुट्न हुन्न भन्दै गीत गाएका छन् । उनको गीतमा भनिएको छ,–‘आफ्नै देश लुटे पछि के हुन्छ र शान, लुट्न हुन्न देश कान्छा लुट्न देश, देश लुटी खाको पैसा हुन्न कहिल्यै बेश ।’

उनको गीतले सबै नेपालीलाई एकजुट हुन आब्हान गरेको छ । देश लुट्नेहरुलाई बेलैमा पहिचान गरि भ्रष्टचाररहित मुलुकको परिकल्पना उनको गीतले गरेको छ । एकता र राष्ट्रियताको संदेश दिने खालको उनको गीतलाई चौतर्फी रुचाइएको छ ।

यस्तो छ भिडियो

चर्चामा

सम्बन्धित समाचार