शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गजल : जुन दिन मेरो यो ज्यान खाडिमा श्रमिक बन्यो

गजल : जुन दिन मेरो यो ज्यान खाडिमा श्रमिक बन्यो

  • बुधबार, फाल्गुन २९, २०७५
गजल : जुन दिन मेरो यो ज्यान खाडिमा श्रमिक बन्यो

जुन दिन मेरो यो ज्यान खाडिमा श्रमिक बन्यो ।
त्यहीँ दिन तिम्रो माया कम घृणा अधिक बन्यो ।।
देशकै खातिर ज्यान दिनेहरु अलपत्र छन ।
एउटा आपराधि मरेपछि शालिक बन्यो ।।
हवाईजहाज,पानिजहाज बनाउने भन्दा यहाँ ।
खोलामा तुईन् हाल्ने मान्छे वैज्ञानिक बन्यो ।।
भुकम्प अनि हाम्रो भेट उस्ता उस्तै बनेको छ ।
भुल्नै नसकिने याद बन्यो समय क्षणिक बन्यो ।।
उसले जिन्दगी खाडिमै कटाएर खाडिमै मर्यो ।
भन्नुस महोदय कसरि नेपाली नागरिक बन्यो?
सन्तोष बोहरा समर्पण
बित्थड चिर गाउँपालिका १ बझाङ्ग
हाल दक्षिण भारत ब्याङलोर

चर्चामा

सम्बन्धित समाचार