शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • चार हजारमा दुर्गम जिल्लामा एपेन्डिसाइटीसको शल्यक्रिया

चार हजारमा दुर्गम जिल्लामा एपेन्डिसाइटीसको शल्यक्रिया

  • बुधबार, फाल्गुन २९, २०७५
चार हजारमा दुर्गम जिल्लामा एपेन्डिसाइटीसको शल्यक्रिया

बडिमालिका समचार
बाजुरा, २९ फागुन
बाजुरा जिल्ला अस्पतालले चार हजारमा एपेन्डिसाइटीसको उपचार हुने गरेको छ । गरिब र पछाडि परेका बर्गलाई सहज रुपमा उपचार सेवा पाँउनका लागि न्युन शुल्लकमा उपचार गरेको जिल्ला अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताए । स्वामिकार्तिक गाँउपालिका १ साप्पाटा बस्ने धर्म रोकाया जिल्ला अस्पताल बाजुरामा उपचार पुगे । धेरै पेट दुखेका धर्मको स्वास्थ्यकर्मीले चेक जाँच गर्दा उनको एपेन्डिसाइटीस भएको पत्ता लगाए । आर्थिक अबस्था निकै कमजोर भएका धर्म जिल्ला बाहिर जान सक्ने अबस्था थिएन् । जिल्ला अस्पतालमा एपेन्डिसाइटीसको अप्रेशन सेवा सुचारु भएपछि उनको बाजुरामै शल्यक्रिया गरियो ।
धर्मले जिल्ला अस्पताल बाजुरामा एपेन्डिसाइटीसको शल्यक्रिया गरे बाफत जम्मा ४ हजार मात्र शुल्क तिरे । जिल्लामै यसको उपचार हुन्छ, भन्ने थाहा थिएन्, जिल्लामै उपचार हुँदा निकै सहज भएको वताए । पैशा पनि बचत समयमै उपचार पाएको उनले वताए । जिल्ला अस्पताल बाजुरामा एपेन्डिसाइटीसको शल्यक्रिया शुचारु भएपछि तिन जनाको शल्यक्रिया भईसकेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख डा.रुपचन्द्र बिश्वकर्माले वताए ।
पेट दुखेर निकै समस्या भयो जिल्ला अस्पतालमा पुगे त्यहाँ त एपेन्डिसाइटीस भएको रहेछ, जिल्ला यसको उपचार हुन्छ भन्ने थाहा थिएन्, तर जिल्लामै उपचार पाँउदा निकै खुशि भएको गौमुल गाँउपालिका ३ बस्ने गोले बोहोराले वताए । उपचारमा चार हजार मात्र खर्च भएको उनले वताईन् । जिल्लामा एमडिजिपि (ःम्न्ए० डा. दुर्गा महर्जन आएपछि यो सेवा सुचारु भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । एपेन्डिसाइटीसको शल्यक्रिया ४८ घण्टा भित्र गरिसक्नु पर्ने हुन्छ ।
बाजुरामा एकदमै न्युन शुल्कमा एपेन्डिसाइटीसको शल्यक्रिया हुने गरेको डा. दुर्गा महर्जनले वताए । अहिले चार हजार लिने गरेका छौ, त्यो पनि शुल्क कम गर्ने र आर्थिक अबस्था कमजोर भएकालाई त पुरै शुल्क छुट गर्ने गरेको महर्जनले वताए । निजि अस्पतालले यसको अप्रेशन गरेको ४० हजार र सरकारी अस्पतालले १५ हजार भन्दा माथि लिने गरेको छ, यो शुल्क देशकै सबै भन्दा कम शुल्कमा हुने गरेको डा. महर्जनले वताए ।
डा. दुर्गा महर्जनलाई निक सीमोनस इन्सुचियुट ल्क्ष्क् ९ल्ष्अप कष्mयलक क्ष्लकतष्तगतभ० नामक संस्थाले बिगत १ बर्ष देखि पठाएको छ । । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा बाजुरा जिल्लामा अप्रेशन सेवा सुचारु गरेको थियो । बाजुरा जिल्लामा आकस्मिक प्रसुति सेवा दिनका लागि र अन्य अप्रेशनका लागि चिकित्सक नभएकाले संस्था बाट चिकित्सकको ब्यबस्था गरेको निक सीमोनस इन्सुचियुट का शुदुरपश्चिम कार्यक्रम संयोजक प्रशान्त विक्रम शाहिले वताएका छन् । आकस्मिक प्रसुति सेवा र हाइड्रोसिल सेवा बुधवार बाट सुचारु भएको छ । त्यो सँगै जिल्लामा पहिलो पटक एपेन्डिसाइटी, हरनिया, हड्डि भाच्चिएको लगायतको अप्रेशन मंसिर बाट सुचारु भएको छ ।
सामान्य अप्रेशन देखी लिएर एपेन्डिसाइटी, हरनिया, हड्डि भाच्चिएको अप्रेशन हुने भएपछि धनगढी, नेपालगञ्ज लगायतका ठुला शहरमा जानु पर्ने बाध्यता टरेको जिल्ला स्वास्थ्य कार्यलय बाजुरा सिनेर अहेब टेक बहादुर खड्काले वताएका छन् । नागरिक समाजका अगुवा शेर बहादुर शाहिले भने एपेन्डिसाइटीसको शल्यक्रिया गर्नका लागि १ लाख भन्दा बढि खर्च गर्नु पर्ने बाध्यता टरेको वताएका छन् । समयमै अस्पताल पुयाउन नसक्ने अस्पतालले पनि चर्को शुल्क लिने गरेको थियो, बाजुरामा हुँदा निकै सहज भएको जनाए ।

चर्चामा

सम्बन्धित समाचार