शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • खेलकुद
  • साफ च्याम्पियनसिपः नेपालद्वारा भुटान ३-० गाेलले पराजित

साफ च्याम्पियनसिपः नेपालद्वारा भुटान ३-० गाेलले पराजित

  • मङ्लबार, फाल्गुन २८, २०७५
साफ च्याम्पियनसिपः नेपालद्वारा भुटान ३-० गाेलले पराजित

साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटान विरुद्ध तीन शुन्य गोलले हराएको छ । भुटान विरुद्ध नेपालले सतप्रतिशत खेलमा जित निकाल्दा आजको खेलमा भने सोचे अनुरुपको नतिजा निकाल्नबाट केहि चुक्न पुग्यो ।

विराटनगरको शहिद रंगशालामा भएकाे खेलमा नेपालले १६ मिनेटमा नै दुई गोल गर्न सफल भयो । खेलको पहिलो मिनेटमा गोलको अवसर पाएको नेपालका लागि सावित्रा भण्डारी चुक्न पुगिन । त्यसपछि १३ औं मिनेटमा नेपालले अग्रता बनायो । नेपालका लागि मञ्जली कुमारी योञ्जनले डिबक्स भित्रबाट गोल गर्न सफल भइन । त्यसको तीन मिनेटपछि नेपालले अन्तर दुई शुन्यमा पुर्यायो ।

यसपटक नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन । उनले एकल प्रयासमा गोल गरिन । सावित्राको यो २३ औं अन्तराष्ट्रिय गोल हो । त्यसपछि ३४ औं मिनेटमा सावित्रा भण्डारीले डिबक्समा पाएको मौकालाई सदुपयोग गर्न सकिनन् । पहिलो हाफको इन्जुरी समयमा अनिता बस्नेतले डिबक्समा पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न नसक्दा नेपालले तेस्रो गोल गर्ने उत्कृष्ट मौका खेर फाल्यो ।

५४ औं मिनेटमा नेपालले तेस्रो गोल गर्यो । अनिता बस्नेतका क्रसमा सावित्रा भण्डारीले हेडबाट आएको बललाई निरु थापाले गोल गरिन । त्यसपछि पनि नेपालले अरु चार वटा मौका पाएको थियो । तर ती सबै मौकालाई नेपालले सदुपयोग गर्न सकेन । यता प्रतियोगिता कै कमजोर टिम मानिएको भुटानले पुरै खेलमा एउटा पनि डरलाग्दा आक्रमण गर्न सकेन र पराजित भयो । अब नेपालले समुहको दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ ।

चर्चामा

सम्बन्धित समाचार