• होमपेज
  • राजनीति
  • सिके राउतलाई युवा संघले दियो यस्तो चेतावनी !

सिके राउतलाई युवा संघले दियो यस्तो चेतावनी !

  • मङ्लबार, फाल्गुन २८, २०७५
सिके राउतलाई युवा संघले दियो यस्तो चेतावनी !

काठमाडौं । पछिल्ला दिनहरुमा डा.सिके राउत समुहले मधेश अलग राष्ट्र बनाउँने अभियानलाई बल दिएर लागिरहेको छ । सरकारसँग ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै अखण्ड नेपाल स्विकार गरेको राउत पक्षले सहमति भएको केही घण्टामा नैैं तोडेको थियो । राउत पक्षको यस अभियानबाट सरकार मात्रैं नभई अहिले सर्वसाधारण जनतामा समेत्त नकारात्मक प्रभाव परेको छ ।

यो बिचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले देशको एक चिम्टी माटो पनि गुम्न नदिने भन्दै राउतले सरकारसँग भएको भद्र सहमति उलङ्घन गरे उनीमाथि भयावह स्थिती आउने चेतावनी दिनुभएको छ । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अध्यक्ष पौडेलले राष्ट्र र राष्ट्रिय अखण्डताको विरुद्धमा आउने जो कोहीलाई पनि युवा संघ नेपालले प्रतिकार गर्ने चेतावनी दिनुभएको हो ।

प्राण भन्दा प्यारो राष्ट्रिय अखण्डता भएको भन्दै अध्यक्ष पौडेलले सिके राउतले सरकारसँग भएको सहमतिलाई कमजोरी ठाने आफैंले खनेको खाडलमा आफै फस्ने र त्यसको नेतृत्व युवा संघले गर्ने समेत चेतावनी दिनुभएको छ । राउतको यस अभियानमा अन्य पक्षहरुको पनि विरोध जारी रहँदैं आएको छ । यस्तो छ युवा संघ अध्यक्ष पौडेलको फेसबुक स्टाटस हेर्नुहोस् …

सिके राउतका कार्यकर्ताले जनकपुरमा जे गरे त्यो कुराले सरकारसँगको सहमत उलङ्घन भएको छ । यसरी सहमति उलङ्घन गर्दै जाने हो भने र सहमतिअनुसार नचल्ने हो भने हामी मात्रै चल्नुपर्छ भन्ने हुन्न र त्यसको परिणाम भयावह हुनेछ । यो देशको कुनै भुभाग त के एक चिम्टी माटो पनि हाम्रो प्राण भन्दा प्यारो छ हेक्का रहोस ।

फेरि पनि सरकारको ईमानदार प्रयत्नलाई कसैले कमजोरी नठाने हुन्छ । देशको सर्वोपरि हित नै हामी सबैको अभिष्ट हुनुपर्दछ । अझै हेर्दै जाउ । आतिनु पर्ने केही छैन । देशलाई बलियो र सम्बृद् बनाउनु नै हामी सबको कर्म र धर्म हो । पपुलर हुन के भन्ने र गर्ने भन्दा पनि देशको हित के गर्दा हुन्छ त्यो सोचौ । विकाउ कुरा हैन टिकाउ कुरा गरौ ।

चर्चामा

सम्बन्धित समाचार