शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • समचार प्रभाब : दलित परिवारलाइ राहत बितरण

समचार प्रभाब : दलित परिवारलाइ राहत बितरण

  • शनिबार, फाल्गुन २५, २०७५
समचार प्रभाब : दलित परिवारलाइ राहत बितरण

लक्ष्मीराज पाध्यया
बाजुरा, २५ फागुन

बडीमालिका नगरपालिका ४ रिलामा दलित परिवारलाई राहत सामाग्री बितरण गरीएको छ । बडिमालिका खबर अनलाइन र दि हिमालयन टाईम्समा समचार प्रकाशित पछि बिच्चली परीवारलाइ राहत जुटेको हो ।
समचार प्रकाशित पछि हिमाली नवीन समाजले काठमाडौले गाँउमै पुगेर राहत बितरण गरेको बताएको छ । राहत साम्रगीमा चामल, तेल दाल, लगाउने लुगा र बलाङ्केट लगायतको राहत साम्रगी बितरण गरिएको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएकि छन् । बडिमालिका ४ रिला कि एकल महिला जुना नेपाली र अमला नेपालीको परिवारलाई खाद्यन्न, लुगाकपडा हस्तान्तरण गरीएको उपप्रमुख बिष्टले बताएकी छन् । । समचार प्रकाशित पछि आफुहरु घटनास्थलमा नै पुगेर राहत बितरण गरेको हिमाली नवीन समाजका परिवार पर्नमिलन अधिकारी फुलचोक लामाले वताए । स्थलगत अनुगमन गर्दा समचारमा आए जस्तै दुबै परिवारको अबस्था दयनिय पाएपछि स्थानिय बजारमा सामान किनेर परिवारलाई हस्तान्तरण गरेको लामाले वताए ।


महाशिबरात्रीको दिनमा उपप्रमुख कबिता बिष्ट, पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंहले उक्त समुदायको अनुगमन गरेका थिए । जुना नेपालीका एक छोरा रहेका छन्, भने अमला नेपालीका दुई टुहुरा नातिनि रहेकी छन् । गाँउमा अरुलाइ मागेर परिवार पाल्ने गरेका छौ, यसले केही सहयोग भएको अमलाले वताईन् । राहत बितरण बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्टको प्रमुख आथित्यमा हस्तान्तरण गरीएको थियो । हस्तान्तरण कार्यक्रममा बिशिष्ट अतिथि बडिमालिका नगरपालिका ८ का अध्यक्ष प्रकाश रावल, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह, हिमाली नवीन समाजका फुलचोक लामा, निमा लामा तरुणदलका उपाअध्यक्ष अर्जुन नाथ रहनु भएको थियो । अध्यक्षता बडिमालिका ५ का अध्यक्ष बल बहादुर थापाले गरेका थिए भने सञ्चालन बडिमालिका खबरका लक्ष्मीराज पाध्ययाले गरेका थिए ।


अमला नेपाली छोरा र बुहारीको मृत्यु पछि ७ बर्षिय जोती दमाई र ५ बर्षकि बिपना दमाई बिच्चलीमा परेको थिए । बुहारी मोतीकला दमाईको ४ बर्ष पहिले बच्चा पाँउने बेला मृत्यु भएको थियो, भने छोरा लाल दमाईको दुई महिना पहिला क्षयरोगका कारणले मृत्यु भएपछि दुई बहिनि बिच्चलीमा परेकी अमलाल् वताईन् । त्यस्तै जुना नेपालीका श्रीमानको मृत्यु पछि उनका छोरा र उनी बेसाहारा बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार