शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • सभागृहमा राउत समर्थकको भीड

सभागृहमा राउत समर्थकको भीड

  • शुक्रबार, फाल्गुन २४, २०७५
सभागृहमा राउत समर्थकको भीड

काठमाडौं, २४ फागुन

विखण्डनकारी अभियानको नेतृत्व गर्दै आएका सिके राउतले प्रधानमन्त्री केपी ओलीसँग राष्ट्रिय सभागृहमा सम्बोधन गर्ने भएपछि उनका समर्थकहरू जम्मा भएका छन्। सभाागृहमा जम्मा भएका अधिकांस समर्थकलाई के घोषणा हुँदैछ भन्ने सम्म हेक्का छैन । उपस्थित एक समर्थकले भने कार्यक्रम भनेर आएको हुँ । के हुँदैछ भन्ने थाहा छैन ।

केही महिनादेखि जिल्ला अदालत रौतहटको आदेशमा थुनामा बसिरहेका राउतलाई सर्वोच्च अदालतले बिहीबार थुनामुक्त गर्ने आदेश दिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको उपस्थितिमा सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सरकारले सीके राउतमाथि लागेको सबै मुद्दा फिर्ता लिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र सीके राउतले एउटै मंचबाट सम्बोधन गर्दैछन् । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष रहेका राउनले सरकारसँग गोप्य वार्ता गरेका थिए । यही वार्तापछि एक्कासी उनले ‘यु टर्न’ लिँदै नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन् ।

लगत्तै आश्चर्यजनक रुपमा आजै उनको प्रधानमन्त्रीसँग विशेष सम्बोधन छ ।

चर्चामा

सम्बन्धित समाचार