शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सन्दर्भ-नारी दिवस : छाउगोठ भत्काउदै हिड्ने बहादुर महिला

सन्दर्भ-नारी दिवस : छाउगोठ भत्काउदै हिड्ने बहादुर महिला

  • शुक्रबार, फाल्गुन २४, २०७५
सन्दर्भ-नारी दिवस : छाउगोठ भत्काउदै हिड्ने बहादुर महिला

देश भरमा “१०९ औ” अन्तराष्ट्रिय नारी दिवसलाइ मार्च आठको दिन संसार भरिका महिलाहरुले नारी दिवस मनाउदै छन् ! “लैङ्किक सामानताका लागि समान सोच र व्यहार ः समृद्धिको आधार” नाराका साथ मनाइरहेका छन् । त्यस्तै उपलक्ष्यमा केही बहादुरी महिला र बुढीन्नदा नगरपालिका अभियानका बारेमा चर्चा गर्ने जम्र्को गरेकी छु ।

सृष्टि रेग्मी

बुढिन्नदा नगरपालिका ९ पाण्डुसेन कि धौली धामिले आफ्नै छाउगोठ भत्काईन् । उनका श्रीमान गोपि धामि देउताका धामि हुन् । पटक पटक धौलीले छाउगोठ भत्काउन प्रयास गरदै आईनन्, अन्तमा आएर उनि सफल बनिन् । श्रीमानको सहयोगमा आफुले छाउगोठ भत्काएको बताईन् ।
बुढिन्नदा नगरपालिका ९ पाण्डुसेनमा पौाष २४ गते छाउगोठमा अम्मा बोहारा सहित उनका दुई छोराको मृत्यु भयो । उनको मृत्यु भएपछि गाँउका महिलाहरुले ज्यानमारा छाउगोठ भन्दै भत्काउन थाले । पहिला धेरै प्रयास गरयौ, गोठ भत्काउनका लागि तर देउता रिसाउछन्, भनेर घरमै देउतकाको धामि भनेर टारदै आएका थिए । जब घर नजिकै घटना घटिसकेपछि गोठ भत्काएको धौलीले वताईन् ।
धौली जस्तै सोहि गाँउकि गंगा रोकायाले पनि आफै छाउगोठ भत्काएकि छन् । उनका श्रीमान हरिलाल रोकाया पनि देउताका धामि हुन् । श्रीमानको सल्लाह अनुसार आफुले पनि गोठ भत्काएको गंगा बताउँछन् । पहिला पहिला हामि पनि साच्चै देउता रिसाउछन् कि भन्ने  लाग्थ्यो, अहिले त यो रुढिवादी सोच हो भन्ने लागेर गोठ भत्काएको वताईन् । अर्को नगरपालिकाले छाँउ गोठमा बस्ने र बस्न बाध्य पार्नेलाई सरकारी सेवा सुबिधा बाट बञ्चित गर्ने निर्णय गरेपछि पनि आफुहरुलाई गोठ भत्काएको गंगा बताँउछन् ।
बुढिन्नदा नगरपालिकामा छाँउगोठमा तिन जनाको ज्यान गइसकेपछि नगरपालिकाले थप शसक्क्त ढङगले छाँउगोठ मुक्त बनाउने अभियान चालेको थियो । बिगतका जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिदै बाध्यात्मक निति निर्माण गरिएको थियो । नगरपालिकाले निर्णय गरे पश्चाप स्थानिय महिलाहरुले आफै गोठ भत्काउने अभियान सञ्चालन गरेका छन् । अहिले सम्म नगरपालिकामा १ सय ३० वटा छाउगोठ भत्काइसकेका छन् । नगरपालिकाको तथ्याङ्कमा अब १५ जति मात्र छाउगोठ रहेका छन्, तिनिहरु पनि भत्काउन प्रेरित गर्नका लागि चेतना मुलक कार्यक्रम सञ्चालन गरीरहेका छौ ।
धामिझाक्री, पुरोहितहरु बढि छाउप्रथा मान्न भएकाले उहाँहरुलाई नगरपालिमा नगरस्तरीय अन्तक्र्रिया कार्यक्रम र प्रथा उन्मुलन गर्ने धामि झाक्री सम्मान कार्यक्रम भइरहेका छन् । किशोरीहरुलाई जनचेतना मुलक तथा सेनेटरी प्याड बनाउने तालिम गरीरहेका छौ । नगरपालिकामा रहेका अगुवा ब्यक्तिहरु सँग प्रतिबद्धता तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन भइरहेका छन् ।
छाउप्रथा वा अन्य रुढिवादी प्रथा हिंशा अन्त्य गर्नका लागि महिलाहरु लाई शस्तीकरण गर्ने कार्यक्रम भइरहेका छन् । उनिहरुलाई नेतृत्व विकास तालिम, सिप मुलक तालिम, लोकसेवा तयारी कक्षाका लागि छात्रबृत्ति, प्राबिधिक शिक्षा पढनका लागि महिला छात्रबृत्तिको ब्यबस्थापन गरिएको छ । महिला त्यसैमा दलित महिलाहरु राज्यको पहुँच बाट टाढा रहेकाले उनिहरुलाई महिला भित्र पनि ५० प्रतिशत सहभागिताको ब्यबस्थापन गर्दै आएका छौ ।
बुढिन्नदा नगरपालिका ४ बस्ने धनकला रोकायाले भनिन्, पटक पटक छाँउगोठ भत्काउने अभियान चलाउन खोजेका थियौ, तर सफल हुन सकेनौ । गोठमा बस्नु हुदैन भन्ने चेतना थियो, पटक पटक बिभिन्न कार्यक्रममा सहभागिता हुदै आएका थियौ गोठ भत्काउन सकेका थिएनौ । जब नगरपालिकाले बाध्यात्मक निर्णय गरेपछि आफै गोठ भत्काएको धनकलाले वताईन् । आफ्ना ससुरा देउताका धामि हुन्, जब नगरपालिकाले नै यस्ते निर्णय गरेपछि ससुरा स्ववर्ण रोकाया र श्रीमान कृष्ण रोकायाले सहयोग गरको धनकला बताउछिन् ।
महिनावारी भएको समयमा अबिवाहित महिलाले ७ दिन सम्म र बिवाहित महिलाले ५ दिन सम्म छाउपडि गोठमा बस्नु पर्ने बाध्यता रहेको छ । महिनावारीको समयमा निकै सास्ती व्यहोर्नु पर्छ । महिलाहरुले महिनावारी भएको ५ देखी ७ दिन समय सम्म घर बाहिर अलग्गै बस्नु, सार्वजनिक पानी पधेरा प्रयोग गर्न नपाउनु, गोरसपात खान नपाउनु, फलफुल जन्य वनस्पति छोएमा कडा हप्की सहनु पर्ने, अनि संयोगले कसैको शरिरमा छोइएपनि दुर्वाच्य सुन्नु पर्ने लगाएत महिनावारी हुदाको समयका पीडा हुन् ! त्यो सँग सँगै देबि देबता रिसाउने भन्ने कुप्रथा मान्यताले पनि घरमा बस्न सक्दैनन् । महिलाहरुले जिवनभर छाउप्रथा मान्य हो भने करिब ५ बर्ष सम्म छाउगोठमा बस्नु पर्ने तथ्याङ्क आउछ ।
सर्वोच्च अदालतले २०६२ सालमा बैशाख १९ गते छाउपडि प्रथालाई कुरीति घोषणा समेत गरेको थियो । सरकारको निर्देशन पछि २०६४ सालमा कुरिति घोषणा गरेर छाउपडि प्रथा उन्मुलन सम्बन्धि निर्देशिका २०६४ समेत जारी गरेको थियो । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । विशेषगरी नेपालको सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका बखत् महिलाले घरभित्र बस्न नपाउने र गाई, भैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ । त्यस्तो कार्यमा बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ । तर अहिले सम्म कसैलाई पनि छाउगोठमा राखेको भन्दै कार्यवाहि गरिएको छैन् अर्को उजुरी सम्म परेको सुनिन आएको छैन् ।
न्युनिकरण गर्न बिगतमा अभ्यास भए तर प्रतिफल पाइएन
छाउपडी कुप्रथालाई न्युनिकरण गर्न अभ्यास नभएको होइन । तर, जे जति लगानि गरियो त्यस अनुसारको प्रतिफल भने पाइएन । यो कुप्रथालाई न्यूनिकरण गर्नको लागि भनेर सरकारी, गैर सरकारी संस्था अन्तर्गतका धेरै एनजिओ र आइएनजिओले थुप्रै कार्यक्रमहरु सञ्चालन गरेका छन् । तर एक वर्ष भरी छाउपडी कुप्रथा न्यूनिकरण गर्नको लागि कति बजेट खर्च भयो ? कुन कुन ठाउँमा खर्च भयो ? कत्तिको प्रभावकारी भयो ? कुनै कारण अहिले सम्म छैन् ।
जबजब छाउपडी गोठमा महिलाको ज्यान जान्छ तब सरोकारवालाहरुले जिल्लाका होटेलहरुमा बहस चलाउन थाल्छन् । अभियान सञ्चालन गर्ने बहानामा तालिम, गोष्ठी सदरमुकाममा चलाएर काम पुरा भएको प्रतिवेदन पेश गर्छन् । अहिलेसम्म जे जति छाउपडी गोठमा ज्यान गुमाउने महिलाको संख्या बाहिर आएको छ त्यो भन्दा धेरै ज्यान गएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
चिसो महिना सुरु भएपछि छाउपडी गोठमा ज्यान जानेको संख्या बढ्छ । कारण, घरबाट टाढा गोठ हुन्छ, नुहाउनलाई, लुगा धुनलाई पानी हुँदैन, धोइएका लुगा सुक्दैनन्, बाक्लो लुगा सुक्न ३ दिनसम्म लाग्छ, घरबाट पातलो पातलो लुगा दिइन्छ । सिधा उभिन नमिल्ने गोठमा आगो बाल्दा धुवाँ बाहिर जान पाउँदैन र गोठ भित्रै निसास्सिएर बस्नु पर्छ । सुन्दा सामान्य लाग्ने यस्तै कारणबाट ज्यान गइरहेको छ ।
अझै चिसो महिनामा छाउपडी गोठमा बसेकी आमसँग भएका कति बालबालिकाको निसास्सिएर, निमोनिया भएर, कठ्याङग्रिएर ज्यान जान्छन् त्यतापट्टी पनि कसैले ध्यान दिएको देखिँदैन । छाउगोठमा बसेकी आमा र बच्चाले दूध, दही खान नपाउने लगायतका अन्धविश्वासका कारण महिलाको स्वास्थ्य त खराब हुन्छ नै धेरै बालबालिकाले कुपोषणको सिकार बन्नु परेको छ । टाढाको गोठमा जाँदा कतिपय महिलाहरुले बलात्कृत हुनु परेको छ ।
कति अन्याय गरिरहेको छ, हाम्रो समाजले तर पनि कतै कत्तिपनि प्रथा हटाउन मान्दैनन् । कागजमा त धेरै महिला घर बस्दै आएको रिपोट भेटाइयो, पत्रकारले लेखे, सरकारले लेखे, गैर सरकारी संस्थाले लेखे, बिभिन्न बृत्तचित्र निर्माण गरे, कसैले प्रथाका बारेमा कसैले उन्मुलन भएको देखाए । तर अब हामि सबै महिलाहरु आफै जागेर यो प्रत्थाको अन्त्य हुन सक्छ ।
जागरण अभियान भन्दा पनि कानिुनि कार्वाहि गर्नुपर्छ
लेख्नेले धेरै लेखी सके यसैको नाउँमा कतिले कमाईसके तर सहि सुधार उन्मुख नियत नभए सम्म केही प्रगति भएको छैन । बिधयेकले छाउपडि रोकिन्न्, त्यो त कागजी दस्ताबेज मात्र हो, तर अबस्था जस्ताको त्यस्तै हुदै गएको छ । सन्तान भन्दा पनि कुसंस्कार प्यारो ठान्ने हाम्रो समाज जागरण अभियान भन्दा पनि अब कानुनि कार्वाही गर्नुपर्छ । जो छाउप्रथा मान्छ, या छाउपडि गोठमा राख्न बाध्य पारिन्छ तिनिहरुलाई कानुन अनुसार कार्यवाहि गरीनुपर्छ । तब मात्र बिस्तारै न्युनिकरण हुने देखिन्छ । चेतना दिने कार्यक्रम मात्र गर्ने हो भने अझै पनि कयौ पुस्ता सम्म यहि कुस्सकारले जरो गाडिरहने देखिन्छ ।

आफ्नै छोरि बुहारी सन्तानको हत्या गरेर कस्तो धर्म संस्कृति र परम्पराको जग्रेना गरिरहेका छौ हामी ! थुक्क हाम्रो समाज र हामी !! ती आमाले जहाँ सुतेर अथाह पीडा महशुस गरिन, होलिन, त्यहि पिडामा कयौ रात रोएर अनिधो बिताएकि थियौ होलिन् । तर त्यहाँ बारम्बार पनि सुत्न बाध्य पारियो ! कति कुरुप बन्यो हाम्रो समाजको डरले ती आमा मौन रहिन्, अन्तमा त्यहि गोठमा मृत्युबरण गरिन्, धेरै आमाले । धर्म र परम्पराको नाउमा कति आडम्बरि, ढोङि हुन सकेको होला मान्छे, समाज ? मान्छे मर्छ, तर कुसंस्कार छोडदैन ! मान्छेको जीवन मृत्युुको कुरा छ, अलिकति बुझ्नु पर्दैन हाम्रो समाजले ?

सृष्टि रेग्मि बुढिन्नदा नगरपालिका बाजुराका बाजुराकाे उपप्रमुख हुन् ।

चर्चामा

सम्बन्धित समाचार