बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गजल : नारी (नारी दिबश बिशेश )

गजल : नारी (नारी दिबश बिशेश )

  • शुक्रबार, फाल्गुन २४, २०७५
गजल : नारी (नारी दिबश बिशेश )

टह टह चम्किने पुणिमा को जुन हुन नारी
खिया लाग्दा नखिईने नम्मरी सुन हुन नारी ।।

यो समाजले हेर्ने नजर अनेक भयपनि
सबै को मन मुट्टु छुने बासुरीको धुन हुन नार।।

रुवाई नारी आत्मालाई कम्जोर नठान्नु होला
सबैको नसा नसामा बग्ने शुर्द खुन हुन नारी ।।

त्यति कठोर हुदैन हजुर नारीको आत्मा
दया मानेर छिट्टै घुल्ने कमलो नुन हुन नारी ।।

रीता शाहि (शाह) रीतु बाजुरा

हाल कैलाली धनगडी

चर्चामा

सम्बन्धित समाचार