शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेकपा बाजुरा दुई धारमा, अलगअलग श्रद्धाञ्जली सभा

नेकपा बाजुरा दुई धारमा, अलगअलग श्रद्धाञ्जली सभा

  • बिहिबार, फाल्गुन २३, २०७५
नेकपा बाजुरा दुई धारमा, अलगअलग श्रद्धाञ्जली सभा

प्रकाश सिह
बाजुरा, २३ फागुन
नेकपा बाजुरा दुई धारमा गएको छ । पर्यटन मन्त्री रबिन्द्र अधिकार र पुर्वउपप्राधनमन्त्रि तथा अर्थमन्त्री भरत मोहन अधिकारको श्रद्धाञ्जली सभा अलग अलग गरेर प्रष्ट दुई धारमा नेकपा बाजुरा गएको छ ।
नेकपा बाजुराका प्रस्तावित अध्यक्ष भरत थापाको अध्यक्षतामा बिहिवार बिहाना पाटि कार्यलयमा श्रद्धाञ्जली सभा भएको थियोे । भने तत्कालीन नेकपा एमालेका सहसचिव गगन रावलको अध्यक्षतामा पाटि कार्यलयमा दिउँसो १२ बजे श्रद्धाञ्जली सभा गरेको छ । प्रस्तावित अध्यक्ष भरत थापा प्रदेश अध्यक्ष कर्ण बहादुर थापाको पक्षधर हुन् । गगन रावल प्रदेश ईन्चार्ज भिम रावल र प्रदेश आन्तरीक मामिला मन्त्रि प्रकाश शाह समर्थकका रूपमा चिनिने गर्छन् ।
बिहाना गरेको श्रद्धाञ्जली सभामा गगन रावलले आफुले अध्यक्षता गर्न पाउनु पर्ने भन्ने अडान राखेका थिए । तर भरत थापाको पक्षले हुदैन प्रदेशको निर्देशन अनुसार प्रस्ताबित गर्ने भनेको थियो । अध्यक्षता हुदै भने पछि गगन रावल श्रद्धाञ्जली सभा शुरू हुनु अगावै फोटोमा श्रद्धाञ्जली गरेर निस्केका थिए । उता प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले प्रस्तावित अध्यक्षको अध्यक्षतामा गर्न निर्देशन दिएकाले भरत थापाको अध्यक्षतामा हुने भन्दै कार्यक्रम गरेको नेकपाका नेता अर्जुन रोकायाले वताए । साथै देशभर प्रस्ताबित अध्यक्षतामा सभा भएको अर्जुनले वताए ।
गगन रावलले भने भरत थापा प्रस्तावित मात्र हुन् आफु नेकपा एमाले हुदा उहाँ भन्दा म सिनियर हु, मेरो पनि नेकपा बाजुराको अध्यक्षतामा दाबि छ, अहिले कोहि नभएको अबस्थामा आफु सिनेर भएकोले आफुलाई अध्यक्षता गर्न दिनु पर्ने हो, गुटका आधारले आफुलाई पेलेका कारणले अर्को श्रद्धाञ्जली सभा गरेको बताए ।
दुई पक्षले अलगअलग श्रद्धाञ्जली सभा गरेकोले नेकपा बाजुरा दुई धारमा गएको एक नेकपा नेताले वताए । भरत थापा अध्यक्षमा भएको सभामा प्रमुख अतिथि संविधान सभा सदस्य बसुन्धरा रोकाया रहनु भएको थियाे । उक्त सभामा कमला कुमारि शाह, पेम्बा गुुरूङ, महेश  शाहि, जनक बोहोरा, अम्मर खड्का, काशि बिक, सृष्टि रेग्मी, तुल्क्षि रोकाया, बिनोद बिक, गोरख सार्कि लगायत जिल्ला स्तरका नेताहरूको सहभागी रहेको थियो । सञ्चालन अर्जुन रोकायाले गरेका थिए ।
त्यस्तै गगन रावल अध्यक्षता गरेको सभामा प्रमुख अतिथि प्रदेश कमिटी सदस्य देबिचन्द्र बुढा रहेका थिए । त्यस्तै हिक्मत थापा, रूखमणि शाह, सीता बराल, मान बहादुर कार्की, शेर बहादुर रावल, चन्द्र थापा, काशि नेपाली, अशोक रावल, महेन्द्र धामि लगायतको सहभागीता रहेको थियो । सञ्चालन पुर रावतले गरेका थिए ।
भरत थापा पक्षधरले नेकपाको पाटि कार्यलयको सभाहलमा गरेको थियो । भने गगन रावल पक्षधरले पाटि कार्यलयको छतमा श्रद्धान्जली सभा गरेको थियो । अर्को पक्षले पाटि कार्यलयको तालाको चाबि नदिएपछि पाटि कार्यलयको छतमा गर्नु परेको गगन रावल पक्षधर नेता पुर रावतले वताएका छन् । चाबि माग्नलाई फोन गरयौ, दिएन छतमै गरेको रावतले वताए ।
प्रदेश कमिटि अध्यक्ष कर्ण बहादुर थापाले दुई श्रद्धान्जली सभा गर्नु गलत हो, भरत थापाले नै अध्यक्षता गर्न पाँउने वताए । सरासर यो गुटबन्दि गरेको थापाले भने । त्यस्तै भिम रावल पक्षधर मानिने आन्तरीक तथा मामिला मन्त्रि प्रकाश शाहले जिल्लामा उपलब्ध नेताहरु बसेर सल्लाह गर्नु पर्ने हो, कसैलाई काखा र पाखा नै यसको परिणाम भएको उनले वताए ।
प्रदेश ईन्चार्ज भिम रावलले भने आफुलाई कुनै जानकारी नभएको सोधेर मात्र भन्न सक्ने वताएका छन् । त्यस्तै नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिभि सभा सदस्य लाल बहादुर थापाले भने फरक फरक श्रद्धान्जली सभा भएको सुनिन आएको तर यस बारे केही नबोल्ने वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार