मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राजनीति
  • शिक्षकहरुका माग तत्काल पुरा गर्न कांग्रेसको माग

शिक्षकहरुका माग तत्काल पुरा गर्न कांग्रेसको माग

  • बिहिबार, फाल्गुन २३, २०७५
शिक्षकहरुका  माग तत्काल पुरा गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले मङ्गलबार एक विज्ञप्ति जारी गरेर राहत शिक्षकहरुले गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी शिक्षकहरुप्रति गरेको अमानवीय व्यवहारका कारण दर्जनौँ शिक्षकहरु घाइते भएको घटनाप्रति गम्भीर रुपले ध्यान आकृष्ट भएको जनाएको छ ।

नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच वार्ता भई गरेको सम्झौता विपरीत सरकारले निर्णय गरेर गम्भीर त्रुटि गरेको ठहर गर्दै नेपाली कांग्रेसले शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकार माथि अंकुश लगाउने कार्य रोक्न सरकार सग माग गरेको छ ।

वार्ता र संवादको माध्यमबाट राहत तथा बाल विकास शिक्षकहरुको जायज माग तत्काल पुरा गर्न, गिरफ्तार सबै शिक्षकहरुलाई अविलम्व रिहा गर्न र घाइते शिक्षकहरुको उपचारको प्रबन्ध गर्न बिज्ञप्ती मार्फत नेपाली कांग्रेसले सरकार सग माग गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार