शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

  • बुधबार, फाल्गुन २२, २०७५
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेपछि बसेको राजपाको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।

सरकारले संविधान संशोधन नगरेको, मधेस र थरुहट आन्दोलनका बन्दीहरूको रिहाइ नगरेको र उनीहरूमाथि लगाइएको झूटा मुद्दा फिर्ता नगरको, घाइतेहरुको उपचार नगरेको बैठकको निष्कर्श छ
निर्मला पन्त लगायत बलात्कारी र हत्यारालाई कारबाही नगरेको, सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्न नसकेको, राज्यको हरेक अंगमा दलीय पक्षपोषण मात्र गरेको, संघीयतालाई कमजोर गर्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाई राख्ने काम सरकारबाट भएको राजपाले जनाएको छ। यस्तै, सरकारको एक वर्षे कार्यकाल पूर्ण असफल रहेको राजापालेजनाएकोछ।
बैठकले सांसद चौधरी लगायत आफ्ना नेता,कार्यकर्तालाई कैलाली जिल्ला अदालतले गरेको आजीवन कारवासको कैद सजाय फैसलाबाट स्तब्ध भएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार