बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • शिक्षा
  • सदरमुकामलाइ शैक्षिक नमुनाका रुपमा बनाउने

सदरमुकामलाइ शैक्षिक नमुनाका रुपमा बनाउने

  • सोमवार, फाल्गुन २०, २०७५
सदरमुकामलाइ शैक्षिक नमुनाका रुपमा बनाउने

बडीमािलका समाचार
बाजुरा २० फागुन
बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालले बडीमालिका नगरपालिकाको मार्तडीलाई शैक्षिक नमुनाका रुपमा बनाउने बताएका छन । बडीमालिका खवर डट कमको टिमले गरेको अन्तरबार्तामा मेयर बडुवालले यस्तो बताएका हुन ।
बडुवालले बडीमालिका नगरपालिकालाई नमुना बनाउनका लागी सवै क्षेत्र नमुना योग्य हुनु पर्ने भन्दै शैक्षिक क्षेत्रमा समेत नमुना योग्य बनाउन मालिका माध्यामिक बिद्यालयको गुणस्तरमा नगरपालिका सहयोग गर्ने बताएका छन । सदरमुकाम मार्तडीलाई पहिलेको जस्तै जिल्लाको चहलपहल बढाउने एक मात्र माध्यम शैक्षिक संस्था रहेकोले यस क्षेत्रमा लगानी गर्ने बताएका छन । जिल्लाको केन्द्र बिन्दु समेत रहेकोले सदरमुकाम मार्तडीको चहलपहल बढाउन उपयूक्त माध्यमको रुपमा मालिका नमुना उमाबी र बाजुरा क्याम्पसलाइ शैक्षिक क्षेत्रको बिकासमा लागिवर्ने बताएका छन ।


सबै स्थानिय तहका बालबालिका पढाउन योग्य बनाउन मालिका माबी र बाजुरा क्याम्पसलाई नगरपालिकाको बजेट परिचालित गरि शैक्षिक नमुनाका रुपमा बिकास गर्ने बताएका हुन । साथै मेयर बडुवालले मार्तडी बजारलाइ शैक्षिक नमुना तथा आसपासका क्षेत्रलाइ बिभिन्न क्षेत्रको नमुनाका रुपमा परिचित गराउने आफ्नो मिशन रहेको बताएका छन ।
निकट भविश्यमै ईन्जिीनियरिङ, बन बिज्ञान, कृषि लगाएतका बिषयहरु अध्यायन अध्यापनका लागि पहल गरिने बताएका छन् । बडीमालिका नगरपालिका १ र २ लाइ फलफुल पकेट क्षेत्रका रुपमा गर्न सकिने बताएका छन । बडीमालिका नगरपालिका वडा ३ लाइ तरकारी जोन अर्थात तरकारी पकेट क्षेत्रका रुपमा बिकास गर्ने लक्ष्य रहेको नगरप्रमुखले बताएका छन् । बडीमालिका नगरपालिकालाइ पर्यटकीयक्षेत्रको रुपमा बिकास गर्न पहलकदमी अगाडी बढाई सकिएको छ र सो क्षेत्रमा पर्ने कालाजग्रा गुफाताल तथा पोरखे क्षेत्रलाइ पर्यटकीय गन्तब्य बनाएर त्यस क्षेत्रको बिकास गर्न सकिने बताएका छन । सो क्षेत्रको ढम्कनेमा प्रसस्त निगालो पाइने भएकाले निगालो बनाइने बस्तुहरुको बजार बन्न सकिने भएको सो क्षेत्रका केही ब्यक्तीलाइ निगालो सम्बन्धी तालिम दिने बताए । त्यसै गरि नगरपालिका भित्रका धार्मीक तथा पर्यटकीय क्षेत्रको खोजी गरी आबस्यक भौतिक पुर्वाधारमा बजेट बिनियोजन गरिने बताए । यसले नगरपालिका आर्थिक रुपमा अगाडी बढ्नुका साथै भौतिक सरचना समेत निर्माण भएर बिकास हुने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार