शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • उपप्रमुखद्धारा दलित बस्तीको अबस्था अनुगमन

उपप्रमुखद्धारा दलित बस्तीको अबस्था अनुगमन

  • सोमवार, फाल्गुन २०, २०७५
उपप्रमुखद्धारा दलित बस्तीको अबस्था अनुगमन

बडीमालिका समाचार
बाजुरा, २० फागुन
बडिमालिका नगरपालिका उपप्रमुख कविता बिष्टको टोलीले वडा न ४ रिलामा रहेको दलित बस्तीमा अनुगमन गरेकी छन । दलित समुदायको र परिवारीक अबस्थाका बारेमा अनुगमन गरेको हो । उपप्रमुखले दलित समुदायमा रहेका दलित महिला र त्यहाँको छाउपडी प्रथा सरसफाई लगायतका बिषयमा अनुगमन गरिएको बताईएको छ ।


आमा र बुवा दुबै नभएका यि बहिनि बिद्यालय समेत जादैनन्, दुबैको उमेर बिद्यालय जाने भन्दा बढि भइसक्दा सम्म पनि आर्थिक अबस्था कमजोर भएकाले बिद्यालय जान सकेका छैनन् । घर समेत नभएका यिनको अर्काको झुप्रो घरमा बस्दै आएको राधिका सिंहले वताएकि छन् । अलिकति बुढि बज्यैको सामाजिक सुरक्षा भत्ताले छाक्क टार्ने गरेका छन्, भने धेरै जसो अरुलाई मागेर नातिनि पाल्ने गरेको रुदै बृद्ध बज्यै औलाले वताईन् ।
अनुगमना बडीमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टको संयोजकत्वमा गएको टोलीमा बडीमालिका नगरपालिका ८ का अध्यक्ष प्रकाश रावल नेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष प्रकाश सिहं लगायतको टोलीले अनुगमन गरेको छ ।


कतिपय दलितहरु अर्काको घरको गोठमा बस्दै आएका र नगरपालिकाले केही सहयोग नगरेको गुनासो समेत गरेका पत्रकार महासघं बाजुराका अध्यक्ष प्रकाश सिहंले बताएका छन । बडिमालिका नगरपालिका कि उपप्रमुख कबिता बिष्टले बिच्चलीमा रहेका वालवालिकाको स्थलगत अनुगमन गरेको वताएकि छन् । उनिहरुको अबस्था निकै नाजुक र दयनिय रहेको बताईन । साथै यिनिहरुको उद्धार र वालवालिका संरक्षणका लागि पहल गर्ने वताएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार