बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • विप्लव माओवादीका गुल्मी सेक्रेटरी पक्राउ

विप्लव माओवादीका गुल्मी सेक्रेटरी पक्राउ

  • सोमवार, फाल्गुन २०, २०७५
विप्लव माओवादीका गुल्मी सेक्रेटरी पक्राउ

२० फागुन, गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, गुल्मीका जिल्ला सेक्रेटरी खिम खड्का पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीले शान्ति सुरक्षा खल्बलाएको आरोपमा खड्कालाई आइतबार तम्घासबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका खिमलाई जिल्ला प्रहरी कार्यालय, गुल्मीमा राखेर थप अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए ।

विप्लवले भने पक्राउको निन्दा गरेको छ । संगठन सुदृढीकरणमा लागेका आफ्ना सेक्रेटरीलाई विना कारण नियन्त्रणमा लिएको उसको आरोप छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले एक विज्ञप्ति जारी गर्दै विना सर्त रिहा गर्न माग गरेको छ ।

अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार